site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
संघसंस्थाद्वारा रक्तदान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लम्की । कोभिड–१९ ले देश ठप्प भएका बेला विभिन्न संघसंस्थाले रक्तदान गर्न थालेका छन् । शनिबार सन्तनिरंकारी मण्डल टीकापुरले गरेको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ ।

तीन दिनअघि मात्र टीकापुर जेसिजले रक्तदान कार्यक्रम गरेर २० पिण्ट रगत संकलन गरेको थियो । नेपाल रेडक्रस सोसाइटी टीकापुरले सञ्चालन गरेको रक्त सञ्चार केन्द्रले महिनामा सय पिण्टभन्दा रगत आपूर्ति गर्दै आएको छ । यसरी आपूर्ति हुने रगत टीकापुर अस्पतालमा आउने बिरामीले प्रयोग गर्ने गरेका छन् । टीकापुर अस्पतालमा सुत्केरी र विभिन्न शल्यक्रियाका लागि तथा सिकलसेल, रक्तअल्पता अर्बुदरोगका बिरामीलाई नियमित रुपमा रगत आवश्यक पर्छ । 

यस सङ्कटका बेला रगत अभावले कोही पनि मर्न नपरोस् भनेर रक्तदान गरिएको मण्डलका केन्द्रीय अध्यक्ष नरबहादुर रावलले बताए । 
  
 रेडक्रस सोसाइटीसँग यतिखेर रगत अभाव छ । ‘‘रगत लिन सक्ने वातावरण छैन तर बिरामी आउने क्रम भने घटेको छैन’’, रेडक्रसका सभापति जगदीश्वर पण्डितले भने, ‘‘व्यक्तिले दान नगरे पनि संघसंस्थाले रक्तदान कार्यक्रम गरेर रगत आपूर्तिमा सहज भएको छ ।’’ यसैगरी सन्त निरकांरी मण्डलले रक्तदान कार्यक्रम सँगसँगै देशभर रहेका मण्डलका शाखामार्फत रु ६ लाख ६८ हजार २८० र केही खाद्य पदार्थ स्थानीय सरकारलाई बुझाइएको जनाएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC