बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भुल्केको जनजीवन कष्टकर बन्दै
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, वैशाख १३, २०७७
Laxmi Bank
Laxmi Bank

गाईघाट । भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । 

त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय  प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन दुई हप्तादेखि सिल  गरेपछि खाद्यान्न अभाव  हुन पुगेको बताइएको छ ।  

Duber nepal

Agani Group

गाउँमा खाने तेल, नुन, चामल, ग्यासदेखि लिएर साबुनलगायतका वस्तुसमेत अभाव भएको र अन्यत्र किन्न जान नपाइने भएपछि अहिले आफूहरुले ज्यादै कष्टकर जीवन बिताउनुपरेको स्थानीय यदुप्रसाद ढकाल जानकारी दिए । उनले भने, “ गरिब मजदुरले राहत पाएको सबै कुरा खाइसके । अब खानेकुरा छैन । अन्य स्थानीय गाउँलेको घरमा धान छ ।  गाउँमा मिल चल्दैन ।  घरमा तोरी छ ।  मिलमा लगेर पिसाउने अवस्था छैन । भएको नुन सकियो ।”  

स्थानीय कुमार भट्टराई अहिले आफूहरुले कष्टकर जीवन भोग्न परेकोकोे दुःखेको व्यक्त गरे । उनी भन्छन्, “बाहिर कतै चामल तेल, नुन साबुन किन्न जान पाइँदैन । गाउँको पसलमा केही पनि छैन । बस्तुहरुलाई खुवाउने घाँस पनि छैन । ”

आफूहरु घरभित्र भोकभोकै सुत्नुपर्ने अवस्था आएको स्थानीय गीता थापाले बताइन् । उनले भनिन्, “खेतबारीमा मकै गोड्ने बेला भयो ।  ती मकै नै पनि उखेलेर वस्तुलाई खुवाउन पाएका छैनौँ । ” 
गाउँको धान कुट्ने मिल चल्न दिने वातावरण बनाएदिन   स्थानीयवासी सीता थापाले माग गरे ।  सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भने, “ दैनिक उपभोग्य वस्तुको व्यवस्था मिलाउन स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न तयार छौं ।”

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग भुल्केमा खाद्यान्न अभाव हुन नदिन राहतका योजना अगाडि बढेको जानकारी दिए । रासस

Nepal Investment bank
Nepal Investment bank
शनिबार, वैशाख १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्