बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रदेश १ मा कोरोना सङ्क्रमित २९ जना
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, वैशाख १३, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २९ पुगेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९०६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ । तीमध्ये २४३ महिला र ६६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ । आरडिटी बाट जम्मा चार हजार १६० जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६७६ महिला र तीन हजार ८८४ पुरुष छन् । 

यता प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या एक हजार १६३ पुगेको छ । ४३ जना डिस्चार्ज भएको र आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० छन् । होम क्वारेन्टाइनमा ९०३ महिला र चार हजार ४८४ पुरुष गरी कूल पाँच हजार ३८७ बसिरहेका छन् । रासस

Nepal Investment bank
Nepal Investment bank
शनिबार, वैशाख १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्