site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना संक्रमितको संख्या २८ लाख २७ हजार नाघ्यो
Ghorahi CementGhorahi Cement

काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना संक्रमितको संख्या २८ लाख २७ हजार ८ सय नाघेको छ । चीनको वुहानबाट संक्रमण फैलिए पछि आजसम्मको तथ्यांक हो यो । 

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४ हजार ८४० मा कोरोनाको संक्रमण पहिचान भएको छ । यसमा अमेरिकामा मात्रै ३७ हजार ९८८ जनामा कोरोनाको संक्रमण देखिएको  छ । 

Agni Group

कोरोनाका कारण आज विहानसम्म १ लाख ९७ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । अमेरिकामा मात्रै ५२ हजार भन्दा धेरैको कोरोनाका कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ६ हजार १६५ कोरोना संक्रमितको ज्यान गएको छ । 

हाल १८ लाख ३२ हजार कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये साढे ५८ हजारको अजस्था गम्भीर रहेको छ । बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको तथ्यांक छ । ७ लाख ९८ हजार भने निको भएर घर फर्किसकेका छन् । 

Global Ime bank

नेपालमा हालसम्म ४९ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये १० जना निको भएर घर फर्किसकेका छन् । ३९ जनाको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

नेपालमा अहिले ८९ जना आइसोलेसनमा छन् भने १२ हजार ९८५ क्वारेन्टाइनमा छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC