site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बागलुङकी अंशु भन्छिन् : आत्मविश्वास दह्रो बनाए कोरोनालाई सजिलै जितिन्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत चैत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी बागलुङकी अंशु सापकोटा डिस्चार्ज भएकी छिन् । बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आउँदा अंशुलाई कोरोना सङ्क्रमण भएको थियो ।

चैत १२ स्बावको नमुना परीक्षण गर्दा कोरोना संक्रमित ठहर भएपछि उनी धवलागिरि प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । पछिल्लोपटक स्वाब जाँच गर्दा कोरोना नेगेटिभ देखिएपछि शुक्रबार राति डिस्चार्ज भएकी हुन् ।

“सुरुमा कोरोना पोजेटिभ आउँदा डर पनि लागेको थियो । के हुने हो, कसो हुने हो भन्ने आशंका थियो । अहिले कोरोनालाई पूर्णरूपमा जितेको छु । शरीरमा कोरोनाको लक्षण नदेखिँदै मलाई केही पनि हुँदैन भन्ने लागेको थियो । अहिले नेगेटिभ नतिजा आएपछि धेरै खुसी लागेको छु,” अंशुले बाह्रखरीसँगको कुराकानीमा भनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म कोरोनाको औषधि पत्ता नलागे पनि आत्मविश्वास नै सबैभन्दा ठूलो उपचार भएको बताइन् । “म सबै संक्रमितहरूलाई यही भन्न चाहन्छु, ‘‘कोरोना संक्रमण देखिँदैमा नआत्तिनुस् । धैर्य गर्नुस् । बलियो आत्मविश्वास बनाउनुस् । यो साधारण रोग हो भन्ने ठान्नुस् । कोरोनालाई सजिलै जित्नुहुन्छ ।”

शरीरमा कुनै लक्षण नहुँदा पनि २८ दिन अस्पतालमा एक्लै बस्‍नुपरेको बताउँदै त्यो समय निकै पट्यारलाग्दो र पीडादायी भएको बताइन् । घर गएपछि पनि १४ दिन क्वारेन्टाइनमै बस्न र परिवारको सम्पर्कबाट टाढै रहन चिकित्सकले सुझाएका छन् । कोरोनाले धेरै कुरा सिकाएको उनले अनुभूति सुनाइन् ।

Global Ime bank

अंशुले उपचारमा संलग्न सबै चिकित्सक, नर्सहरूलाई पनि धन्यवाद दिन छुटाइनन् । “म धवलागिरि अस्पतालका सबै डाक्टर, नर्सलाई धन्यवाद भन्न चाहन्छु । राम्रो केयर गर्नुभयो । कुनै कमी हुन दिनुभएन । उहाँहरूको माया, आर्शीवचनले पनि औषधिको काम गर्‍यो । घर–परिवार, आफन्तले पनि माया गरेर हौसला दिइरहनुभयो,” उनले खुसी हुँदै सुनाइन् ।

उनले कोरोना सङ्क्रमित, आशंकित कसैलाई पनि हेला नगर्न र रोगीको व्यवहार नगर्न अनुरोध गरिन् । “रोग जानीजानी कसैले बोकेर ल्याउने होइन, सार्ने पनि होइन, संक्रमण देखिएमा उसलाई केही नभन्नुहोला,” उनले अनुरोध गरिन् ।

अंशु दोहाबार कतार एअरवेजको क्युआर–६५२ मार्फत् नेपाल आएकी थिइन् । आन्तरिक उडानमार्फत् पोखरा उत्रिएकी अंशु त्यही दिन बागलुङ नगरपालिका–४ कुँडुले घर गएकी थिइन् ।

उनीसँगैको सिटमा बसेर आएकी नाताले हजुरआमा पर्ने ६५ वर्षीया वृद्धामा पनि कोरोना सङ्क्रमण देखिएको थियो । २० गते सङ्क्रण पुष्टि भएकी हजुरआमा पनि १७ औं दिनका दिन, वैशाख ६ गते डिस्चार्ज भएर घर गइसकेकी छिन् । उनी पनि धवलागिरि अस्पतालकै आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । मुटु र दमरोगी उनले पनि सहजै कोरोनाबाट पार पाएकी थिइन् ।

चैत ४ गते कतार एयरवेजको सोही उडानबाट नेपाल आएकी काठमाडौंकी प्रशिद्धी श्रेष्ठमा कोरोना सङ्क्रमण देखिएपछि अंशुको पनि थ्रोट स्वाब परीक्षण गरिएको थियो । प्रशिद्धी पनि वैशाख ६ गते नै डिस्चार्ज भइसकेकी छिन् । उनी टेकुको आइसोलेसन वार्डमा थिइन् ।

अंशुसँगै डिस्चार्ज हुनेको सङ्ख्या ११ पुगेको छ । नेपालमा हालसम्म ४९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । ३८ जना विभिन्न अस्पतालको आइसोलेसन वार्डमा चिकित्सकको निगरानीमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  २३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC