बाह्रखरी
भर्खरै
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रदेश १ मा पीसीआर विधिबाट ९०६ जनाको नमुना संकलन
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख १२, २०७७
Laxmi Bank
Laxmi Bank

विराटनगर । प्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणका लागि पठाइएको छ । जसमा २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरूमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ४ हजार १ सय ६० जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६ सय ७६ महिला र ३ हजार ८ सय ८४ जना पुरुष छन् । 

Duber nepal

Agani Group

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या ११ सय ६३ जना पुगेको छ । ४३ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । 

होम क्वारेन्टाइनमा जम्मा ५ हजार ३ सय ८७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ९ सय ३ र पुरुष ४ हजार ४ सय ८४ जना छन् । 
 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्