site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गाउँ जगाउने अपूर्व अवसर

संसारभर बन्दाबन्दी (लकडाउन) छ । सानो सहरमा केही घन्टा कर्फ्यु लगाउँदा उकुसमुकुस भएर चर्को बिरोध गर्ने जनता अनिस्चितकालीन बन्दाबन्दीलाई सहजै स्वीकार गरेर बसेका छन् । कोरोनाभाइरस (कोभिड -१९) ले मानव जातिलाई भविष्यमा कस्ता कस्ता महामारीको सामना गर्न तयार हुनुपर्ने छ भन्नेतर्फ सचेत गराइरहेको छ। यसअघिका महामारी तथा प्राकृतिक विपत्ति र मानव कलहबाट भएका ठूला युद्धका तुलनामा कोरोनाभाइरसको संक्रमण र बहुआयामिक प्रभावको विश्लेषण भविष्यमा हुँदै जानेछ । कोरोनाभारसबाट उत्पन्न आपत र त्यसबाट बच्ने उपायका बारेमा दिनयाँ जुटिरहेकै बेला यो लेख यसको प्रभावलाई नेपाली ग्रामीण कृषि क्षेत्रमा पुनः प्राण भर्ने अवसरका रूपमा प्रयोग गर्न कसरी सकिन्छ भन्नेमा केन्द्रित हुनेछ ।

करिब ८० प्रतिशत नेपाली गाउँमा बस्छन् । गाउँहरू जीविकोपार्जनका लागि परम्परागत कृषी प्रणालीमा लागेका हुन्छन् । कोरोना करहले समयलाई कसरी घुमाइदियो भने संसारका ठूला सुविधा सम्पन्न सहरका बासिन्दा 'लकडाउन', 'क्वारेन्टिन'मा निसासिरहँदा गाउँले किसानको दिनचर्यामा खासै फरक परेको छैन । गाउँले किसानको जीवन सघैँ झैँ एकनासले चलिरहेको छ । आफ्ना नियमित कृषि कर्ममा सदा झैँ बिहानदेखि बेलुकासम्म जुटिरहेकै छन् । देशभरमा कृषि कर्ममा संलग्न जनसंख्या करिब ६५ प्रतिशत छ ।

गाउँका किसानको बसोबासको प्रकृति सधैँ 'सेल्फ क्वfरेन्टिन' जस्तो नै छ र संस्कारले पनि वैयक्तिक दूरीमै बाँच्न सिकाएको छ । निश्चित दूरीमा घर बनेका छन् । विनाकारण छिमेकीकोमा खासै आउजाउ हुँदैन । बाहिरबाट आएको मान्छे सजिलै गाउँमा पुग्दैन पुगे पनि सजिलै पहिचान गर्न सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वच्छ वातावरणमा बस्छन्, अर्गानिक वस्तु उत्पादन र सेवन गर्छन् । निर्वाहमुखी कृषि कर्ममा व्यस्त गाउँले किसान आफूलाई चाहिने अधिकांश खाद्य वस्तु आफैँ उत्पादन गर्छन् । मल बीउ र आफ्नो उत्पादनको बजार तथा भण्डारणको समस्या लकडाउन भए पनि नभए पनि सबैको सधैँको साझा समस्या हो ।

खाने औषधि, नुनतेल, लत्ताकपडा, साबुनजस्ता केही सरसामानको जोहो गर्न पाए दुई चार महिनाको बन्दाबन्दी सहन खासै गारो छैन । एैँचोपैँचो गरेर पनि गुजारा चल्छ ।  गाउँमा बिरामी हुँदा उपचार गर्ने अस्पताल छैन । लकडाउनमा सहरका अस्पतालमा पनि खासै उपचार हुँदै छैन ।

Global Ime bank

जब मानिस समस्यामा पर्छ गाउँलाई सुरक्षित ठान्ने, गाउँ सम्झने, अनि कुदेर गाउँ पुग्ने गर्छन् ।  दसैं, तिहार, छठ, ल्होसारजस्ता पर्व आए, रमाइलो गर्न गाउँ जानुपर्ने । लामो बिरामी पिरियो स्याहार गर्न, सुत्केरी हुनेबेला भयो बच्चा हुर्काउन गाउँ जानुपर्ने । भूकम्प आयो कुदेर गाउँ जानुपर्ने, महामारीको हल्ला चल्यो बच्न गाउँ नै जान हतार हुने  । खुसी हुन पनि गाउँ चाहिने अप्ठेरो पर्दा पनि गाउँ नै चाहिने । त्यसो भए गाउँमा नै बस्न चाहिँ किन नहुने त ? आफू विदेश गयो अनि दुई चार पैसा कमाएर सहरमा महङ्गो कोठा भाडा लिएर जहान छोराछोरी किन राख्न पर्ने ? 

एउटा किसानले आफ्ना सन्तानलाई कहिल्यै पनि किसान नै बन्ने उपदेश दिँदैन । बरु “तँ पनि ठूलो भएर बाउजस्तै हलो जोत्छस्” भन्दै गाली गर्छ । मेरो कामलाई आधुनिकीकरण गर, उन्नत तरिकाले खेती लगा भन्नुपर्थ्यो । तर, अशिक्षा र अज्ञानले त्यसो भन्दैन, भन्न जान्दैन ।

अर्कोतर्फ शिक्षा, स्वाथ्यलगायत आधारभूत पूर्वाधारको अभावले पिल्सिएका जनतामा विनाकारण सहर बस्ने भूत चड्दै गयो  । कथित 'जनयुद्ध'लगायतका कतिपय बाध्यताले त कति रहरले पछिल्लो दशक सहरमा यति धेरै जनघनत्व बढ्यो कि त्यहाँ भएको पूर्वाधारले त्यसलाई धान्न धौ धौ परिरहेको छ ।

यस्तो अवस्थामा गँवार भनेर सधैँ हेपिएको गाउँले जीवनको परिभाषालाई कोरोनाले अर्थपूर्णरूपमा पुनः परिभाषित गर्दैछ र गाउँले जीवन प्रणालीलाई वैज्ञानिक जीवन प्रणालीका रूपमा अर्थ्याउँदै छ । आफैँले नचिने पनि विदेशी पर्यटकहरू नेपालका गाउँ घुमेर असाध्यै आनन्द आयो भन्थे । गाउँले संस्कार साह्रै रुचाउँथे । उनीहरूको रुचिको कारण त कोरोनाले पो स्पष्ट पारिदिँदैछ ।

एउटा भनाइ छ - “एकपल्ट सबैको पालो आउँछ ।“ गाउँको पक्षमा आज राम्रो वातावरणा बन्दै छ । अब गाउँमा बस्ने दिन आउँदैछन् । अहिले सबैतिर बन्दाबन्दी छ । यो खुल्न केही समय लाग्छ । बन्दाबन्दी खुलेपछि पनि हाम्रो समाजमा कोरोनाको प्रभाव कम्तीमा दुईचार वर्षसम्म रहन्छ । कस्तो रूपमा रहन्छ त्यो त आजै भन्न सकिन्न तर हाम्रो अहिलेको बानी, व्यवहार र सोचमा परिवर्तन ल्याउने स्पष्ट संकेत देखिँदैछ ।  

विनाकारण सहर पस्ने क्रम रोकिन्छ र विनाकारण सहर पसेकाहरु पनि आफैँ फर्किनेछन् । गाउँ फर्किनेहरू चेतेर फर्किँदैछन् कि सहरमा त खानै नपाएर पनि मरिने रहेछ । ठेला उठेका हात, कुर्कुच्चा फुटेका खुट्टाको पीर लिएर सहर पस्नेलाई भोक र त्रासले आँत चिरिएपछि थाहा भैसकेको छ । त्यो त पौरख पो रहेछ । बिरानो देशमा भोकै मर्नुभन्दा आफ्नै माटोमा खनी खोस्री गर्नु बेस । चाड पर्व सकेर लगत्तै सहर फर्कीएजस्तो सहज अब पक्कै हुनेछैन ।

अब सरकारले गाउँ फर्किएका मान्छे त्यहीँ नै अड्याउने गरी विकासको रणनीति बनाउनुपर्छ र तत्काल सुधारका कदम चाल्नुपर्छ । हिजोको 'जनयुद्ध' र जातीय दंगाजस्तो गाउँबाट मानिस लखेटिनुपर्ने अवस्था अहिले छैन । खासगरी गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको खोजीमा धेरै मानिस सहर पसेका छन् । शिक्षाको उचित बन्दोबस्त गर्नुपर्छ । गाउँका स्कुलको स्तर सुधार गर्ने हो भने अब अभिभावक टाढाका खचाखच विध्यार्थी हुने स्कुलमा आफ्ना बच्चा पठाउँदैनन् । 

सार्वजनिक शिक्षाको स्तर सुधार गर्न युद्ध स्तरमा लाग्नुपर्छ ।  । जति पनि पालिका र वडा स्तरमा क्वारन्टिन बनेका छन् । त्यहाँबाट नियमितरूपमा वडा वासीको स्वास्थ्य जाँच र औषधिको व्यवस्था आजैका मितिबाट थाल्नुपर्छ । प्रत्येक वडा र टोलटोलमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाउने कार्यालय स्थापना गर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा उपचारभन्दा पनि पहुँच र चेतना ठूलो समस्याको रूपमा छ ।

कृषी क्षेत्र एकैपटक ठूलो संख्यामा रोजगारी सृजना गर्न सक्ने क्षेत्र हो । गरिब किसानको उत्पादकत्व बढाउन खेतीको वैज्ञानिक विधि सिकाउने, उचित समयमा बीउ, बीजन र मलखादको व्यवस्था गर्ने, उत्पादित वस्तुको उचित मूल्य निर्धारण गर्ने ,भण्डारणको व्यवस्था गर्ने, बिचौलिया राजको अन्त्य गरी बजारीकरणमा सहयोग गर्ने हो भने विदेशमा सिकेको सीप आफ्नै बारीमा लगाउन तयार भएर ठूलो युवा शक्ति गाउँ फर्कँदै छ ।

ठूला विपदसँगै केही अवसर पनि आएका हुन्छन् । कोरोनाभाइरसले मानव जातिमा सृजना गरेको संकटबाट बच्न जे जति उपाय सिफारिस गरिएको छ ती सबै नेपाली गाउँले जीवनले अवलम्बन गरिरहेका दिनचर्यासँग मिल्दाजुल्दा छन् । सुखसयल खोज्दै सहर पसेकाहरू जीवन रक्षाका लागि गाउँ फर्कँदै छन्  । गाउँमा बसेर हीनताबोध गरिरहेकाहरू सुरक्षित महसुस गर्दैछन् । गाउँ जगाउने अपूर्व अवसर आएको छ । यसको सदुपयोग गरौँ ।

paneepokhrel@gmail.com

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC