बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
छाडा कुकुरलाई मासुभात
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख १२, २०७७
Laxmi Bank
Laxmi Bank

भद्रपुर । बन्दाबन्दीको एक महिना बित्दै गर्दा मान्छेसँग आश्रित कुकुर पनि भोकभोकै छन् । होटलको जुठेल्नो र फोहरको थुप्रो उधिनेर पेट भर्दै आएका सहर र बजारतिर सुमदायमा बस्ने त्यस्ता कुकुरको अवस्थाप्रति कसैको ध्यान गएको छैन ।

नेपाल पूर्वप्रहरी संगठन भद्रपुर नगर समिति र नेपाल गौँ संरक्षण समिति झापाले भद्रपुर नगरपालिका क्षेत्रका चोकचोकमा आज १५० भन्दा बढी सामुदायिक कुकुरलाई खोजीखोजी मासुभात खुवाएको छ । 

Duber nepal

Agani Group

बन्दाबन्दीको अवस्थामा खान नपाएर भौतारिँदै सडकमा हिँड्ने कुकुरलाई सडकमै मासुभात खुवाउन पाउँदा आनन्द लागेको गौँ संरक्षण समितिका अध्यक्ष दुर्गाप्रसाद पाठकले बताए । उनका अनुसार होटल, रेस्टुराँ र मासु पसल बन्द भएसँगै सडकका कुकुर भोकले भौतारिँदै हिँड्ने गरेका वडा नं ७, ८ र १० का कुकुरलाई मासुभात खुवाउन दुवै संस्थाले आफ्नै स्रोतबाट खर्च गरेका छन् । 

पृथ्वीका सबै प्राणीले बाँच्न पाउनुपर्छ भन्ने भावनाका साथ समुदायमा बस्ने कुकुरलाई दाता भेटेमा बन्दाबन्दीभरि खानेकुराको व्यवस्था गरिने योजना भएको नेपाल पूर्वप्रहरी संगठनका अध्यक्ष सरोज कार्कीले बताए । -रासस

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्