site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घरमै बसेर नमाज पढ्नुुस् : आयोग
Sarbottam CementSarbottam Cement

काठमाडौ । मुस्लिम समुदायको चाड रमजानको नमाज घरमै बसेर पढ्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आग्रह गरेका छन् । 

आज भएको प्रेस विफिङ्मा मुस्लिम आयोगका अध्यक्ष अन्सारीले मुस्लिम समुदायलाई कोरोना महामारीका कारण मस्जिदमा नगई घरमै बसेर नमाज पढ्न आग्रह गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“मस्जिदमा गुरु र अन्य कर्मचारी ४ देखि ५ जनाबाहेक गइदिनु होला,” उनले भने, “भोलिबाट सुरु हुने रमजानको व्रत घरमै बसेर गर्न र व्रत तोड्दा सामूहिक बस्ने चलन अहिलेको अवस्थामा तोड्न मुस्लिम समुदायलाई अनुरोध गर्दछु ।”

उनले भाइरसले जात वा धर्म भनेर चिन्दैन त्यसैले हामी आफू पनि सचेत भएर यो महामारीबाट बच्न दूरी कायम गर्ने र घरमै बसेर नियमित कर्म गर्न अनुरोध गरे । 

Global Ime bank

उनले भने, “वीरगन्ज र उदयपुरमा ठूलो संख्यामा जमातिहरूमा कोरोना संक्रमण देखिएको छ । हामी मुस्लिमहरू अत्यधिक गम्भीर हुनुपर्ने देखिएको छ । यो रोगबाट बच्न एक मात्र उपाय भनेको लकडाउनको पालन र दूरी कायम गर्नुपर्छ ।”

यदि कोही मस्जिद र मदरसामा रहे तुरुन्त नजिकैको जिल्ला प्रसासन कार्यालय  र  स्थानीय सरकारलाई भनेर कोरोना परीक्षणका लागि सहयोग गरिदिन उनले सबैमा आग्रहसमेत गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC