site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुस्लिम समुदाय घरमै पढ्छन् नमाज
Sarbottam CementSarbottam Cement

लमजुङ । बन्दाबन्दी (लकडाउन) का कारण लमजुङ जिल्लाका मुस्लिमहरुले घरमै नमाज पढ्न थालेका छन् । 

कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर बन्दाबन्दी गरेपछि यहाँका मुस्लिम समुदायले घरमै नमाज पढ्न थालेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल मुस्लिम संघ जिल्ला शाखा लमजुङका अध्यक्ष एवं बेंसीसहर नगरपालिकास्थित चाँदजाने मस्जिद कमिटी अध्यक्ष सहेदिन मियाँले बन्दाबन्दी भएसँगै मुस्लिम समुदायले घरघरमै नमाज पढ्न थालेको बताए । “सरकारले बन्दाबन्दी लागू गरेपछि यहाँका मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न भनेका छौँ,” उनले भने, “लकडाउनमा एकापसमा जम्मा भएर केही कार्य नगर्न सरकारले गरेको आग्रहको पालना गर्दै सबै मुस्लिम समुदायलाई  मस्जिदमा नगई घरघरमै नमाज पढ्नलाई आग्रह गरेका छौँ ।” 

उनका अनुसार बेंसीसहर नगरपालिकाबाहेक जिल्लामा  भोर्लेटार, सुन्दरबजार, ताकुघाट, सिर्ख्र, भोटेओडारमा मस्जिद रहेको र त्यहाँ पनि यतिबेला सामूहिक रूपमा नमाज पढ्नलाई बन्द गरिएको छ ।
 
एक महिनासम्म चल्ने मुस्लिम समुदायको ठूलो पर्वमध्ये एक रमजान आजबाट सुरु हुने र बेलुकाबाट तराबी ध्यान गर्ने गर्छन् । यो सामूहिक रूपमा मस्जिदमा धर्मगुरुबाट पढाउने तराबी ध्यान हो, तर यस वर्ष लकडाउनका कारण मस्जिदमा यो ध्यान पनि नहुने  मुस्लिम संघ लमजुङका अध्यक्ष मियाँले बताए । दश वर्षमाथि र बिरामी भएका मुस्लिमबाहेक सबैले सामूहिक रूपमा नमाज तथा यस तराबी दैनिक पाँचपटक पढ्ने गरेको उनको भनाइ छ । जिल्लाभरि करिब एक हजार २०० मुस्लिम छन् । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC