site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनमा पनि मिर्गौलाका बिरामीलाई नियमित सेवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लकडाउनका बेला पनि डायलासिसका बिरामीलाई सेवा दिइरहेको छ ।

लकडाउनका कारण सुरुका दिन डायलासिसको समय घटाए पनि अहिले केन्द्रले नियमित सेवा दिइरहेको छ । ३० वटा डायलासिस मेसिनबाट सेवा दिइरहेको केन्द्रमा अहिले दैनिक ७५ बिरामीले सेवा लिइरहेका छन् । दैनिक तीन सिफ्ट गरी मिर्गौलाका बिरामीको डाइलासिस गर्दै आएको केन्द्रले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले केन्द्रका चिकित्सक तथा नर्सहरूको आलोपालो गरी सेवा दिइरहेका छन् । लकडाउनको दुई साता पर्याप्त सामान मौज्दात नहुँदा डायलासिसको समय घटाइएको थियो । तर अहिले सबै व्यवस्थापन गरी सबै बिरामीको तीनपटकै डाइलासिस गर्ने गरेको केन्द्रकी नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पना श्रेष्ठ जानकारी दिइन् ।

केन्द्रमा डाइलासिस गराउने प्रतीक्षासूचीमा भने एक सय ८७ बिरामी रहेको अस्पतालले जनाएको छ । केन्द्रमा अन्तरंग र शल्यक्रियाबाहेकका सबै सेवा लकडाउनको समयमा पनि सञ्चालनमा रहेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रमा आकस्मिक डाइलासिस गर्नुपर्ने बिरामीहरू पनि आउने गरेका छन् । 

Global Ime bank

दिनमा पाँचदेखि सातजनासम्म आकस्मिक डाइलासिस गर्नुपर्ने बिरामी आउने गरेको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ । केन्द्रमा मिर्गौला तथा कलेजो प्रत्यरोपण गरेका बिरामी तथा दाता बिरामीहरूलाई दिनुपर्ने आकस्मिक उपचारसमेत नरोकिएको उनले बताए । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउन लम्बिँदा मिर्गौला बिरामी प्रभावित हुन थालेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC