देश
बाँके । बाँकेमा नालामा जमेको पानीमा डुबेर तीन जना नाबालकको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–२ पितमारीस्थित बन्दै गरेको क्षेत्रीय कारागारको कम्पाउन्ड बाहिर रहेको पानी निकासको लागि खनेको नालामा जम्मा भएको पानीमा डुबेर तीन जना नाबालकको मृत्यु भएको छ ।
मृत्यु हुनेहरु सोही ठाउँ बस्नेहरु १२ वर्षीय नरेश कुवर, १२ वर्षीय नवीन परियार र ११ वर्षीय अमिल रावल रहेका छन् । उनीहरुको खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७ १३:४६
प्रतिक्रिया दिनुहोस्