site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड – १९ पछिको सामान्य अवस्था

वितेका केही सातामा धेरै कुरा बदलिएका छन् । केही अस्थायी प्रकृतिका छन् भने केही दीर्घकालीन । विश्व इतिहास हेर्दा हरेक महामारी र युद्धले नयाँ सिकाइ तथा परिवर्तन भित्र्याएको देखिन्छ । कोभिड –१९ को महामारीले पनि मानव समुदायमा चुनौतीका साथै अवसरहरु सिर्जना गरिरहेको छ भने नयाँ कुरा सिकाइरहेको छ । 

चीनको वुहानबाट सुरु भएको कोभिड युरोप, अमेरिका, एशिया प्रशान्त र दक्षिण एसियाका मुलुक हुँदै नेपाल आइपुगेको छ । यो महामारीले कसैलाई छाडेन । हाल विश्वको कोभिडसँगको संघर्ष मानव सभ्यता बचाउको संघर्ष हो र यसलाई मानवीयताको सिद्धान्तमा नै टेकेर एकजुट भएर हराउन सकिन्छ र हराउने प्रयासहरु जारी छन् । हामी भावनात्मकरुपले मात्र नभई शारीरिक रुपले पनि विश्वसँग जोडिएका रहेछौँ भन्ने कोभिड–१९ संक्रमणको गतिले पुष्टि गरिसकेको छ । 

कोभिड – १९ संक्रमणको त्रासले अक्रान्त मानसपटललाई केही समय स्थिर राख्दै यसबाट के सिक्ने ? कसरी समाज अगाडि बढ्छ  र बढ्नु पर्छहोला भनी सोच्न बाध्य भएँ म । आफूभित्र उब्जिएका केही विचारमा नकरात्मकभन्दा सकारात्मक र आशावादी भविष्यतर्फ उन्मुख भएपछि यसलाई यहाँ राख्ने जमर्को गरेको छु । 
पक्कै पनि हरेक ‘म’ भित्र यस्ता सकरात्मक सिकाइ छन् र हुनेछन् । तिनलाई अभिव्यक्त गर्नु जरुरी छ । हामीमध्ये धेरैसँग त्यसका लागि अनुकूलता पनि छ । हामीसँग सामाजिक संजाल र फुर्सद दुवै छ ।  त्यस्ता सकारात्मक विचारमा किन छलफल नगर्ने त ? 

Prabhu Bank
Agni Group
NIC Asia

अबका नयाँ अवसर तथा सिकाइहरु के हुन सक्लान् त ? 

कोभिड – १९ अघिका घेरैजसो अध्ययनले उजागर गरेको एउटा महत्त्वपूर्ण तथ्य, अधिकांश मानिसको जीवन पद्धितले अंगीकार गरेको जीवनशैलीअनुसार ‘जो व्यक्ति समाज, परिवार, मित्र र आफन्तहरुसँग बढी आत्मीय र जोडिएका हुन्छन् उनीहरुनै बढी सन्तुष्ट, ख‘सी र स्वस्थ हुन्छन्’ भन्ने बुझाइ आज परिमार्जित हुँदैछ । हाम्रो सम्बन्धमा आत्मीयतासँगै भौतिक दूरी पनि जोडिँदैछ । अबका दिनहरुमा हामीबीच भौतिक दूरीसहितको आत्मीयता, सम्बन्ध र सहकार्यले स्थान पाउनेछ ।

Global Ime bank

मानव, समाज, वर्ग, लिंग जातजाति, धर्मबीचको एकताको परिभाषाभित्र पनि सामाजिक दूरीको परिधि कोरिनेछ । हाम्रा दिनचर्यामा सहज बनिसकेका हात मिलाउने, अंकमाल गरी आत्मीयता र आदर प्रकट गर्ने पाश्चात्य प्रभाव कम हुनेछन् । नमस्कार गरी अभिवादन गर्ने संस्कार हामीबीच लोकप्रिय बन्नेछ । 

सबैभन्दा ठूलो परिवर्तन सूचना प्रविधि जगतमा हुनेछ । हाल बन्दाबन्दीमा हाम्रो दैनिकीलाई सूचना प्रविधिले उल्लेख्य मात्रामा सहयोग गरिरहेको छ । कार्यालयको जिम्मेवारी वहन गर्न वा घरका खाद्यान्न तथा अत्यावश्यक सामग्री किनमेल गर्न, बालबालिकाको सिकाइलाई निरन्तरता दिन, देशविदेशको जानकारी लिन, सूचना आदानप्रदान गर्न, विद्युतीय सेवामार्फत आफन्तलाई आर्थिक सहयोग गर्न र परिवार र मित्रहरुसँग कुराकानी गर्न सूचना प्रविधिले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । महामारीअघि हामीले नचलाएका कैयाैं एप्स, एप्लिकेसनहरु आज सिक्दै सहजै प्रयोग गरिरहेका पनि छौँ । अबको सामान्य स्थितिमा यो हाम्रो दिनचर्या बन्नेछ ।

डिजिटल पहुँच र प्रयोगलाई दैनिक उपयोग्य सेवा सरह लिइनेछ । यसकारण सूचना प्रविधिका क्षेत्रमा रहेका असीमित सम्भावना हाम्रा लागि ठूलो अवसर बन्न सक्छ । यसको लागी सरकारले अनुकूल नीति तथा वातावरण तयार गरेर निजी क्षेत्रलाई पूर्वाधारको विकासमा समेत लगानीको अवसर प्रदान गर्न सक्नुपर्छ । सूचना प्रविधिको पँहुचलाई देशका दुर्गम तथा ग्रामीण क्षेत्रसम्म पुरयाउने लक्ष्य र नीतिको कार्यान्वयनमा राज्य अगाडि बढ्नुपर्छ ।  

त्यस्तै अर्कोतर्फ कागजी प्रक्रियामा सीमित अधिकांश कार्यालय तथा सेवा प्रदायकले यो महामारी पश्चात् पक्कै पनि अनलाइन सिस्टम, सफ्टवेयर र सूचना प्रविधिको महत्त्वलाई आत्मसात गर्नेछन् र आफ्नो अनुकूल ती प्रणाली तथा पूर्वाधारको विकासमा लगानी गर्नेछन् । 

शिक्षाको क्षेत्रमा पनि यो महामारीले नयाँ अवसर सिर्जना गरेको छ । भर्चुअल कक्षा कोठा, अनलाइन शिक्षण पद्धति, दूर शिक्षण (डिस्टान्स लर्निङ)को महत्त्व उजागर भएको छ । यसका लागि आवश्यक पठनपाठन सामग्रीलगायत दक्ष विशेषज्ञ, शिक्षक, शिक्षिकाको विकास गरी शैक्षिक गुणस्तरका साथै ग्रामीण तहसम्म आधुनिक शिक्षा प्रणालीको विकास गर्नसक्ने सम्भावना सिर्जना गरेको छ । यसमा पनि सरकार र निजी क्षेत्रले अध्ययन अनुसन्धान गरी लगानीका अवसर विस्तार गर्न सक्छन् । 

कोभिड–१९ को संक्रमणको उच्च जोखिममा रहेका स्वास्थकर्मीहरुलाई सुरक्षित राख्न कतिपय पश्चिमी मुलुकमा टेली हेल्थ, टेली मेडिसिन तथा भर्चुअल मेडिसिन जस्ता अवधारणाको प्रयोग भएको छ जुन प्रविधि विकासशील मुलुकहरुमा पनि बिस्तारै भित्रिँदैछ । 

भविष्यमा यसको प्रयोग अन्य रोगहरुमा जनचेतना जगाउन र उपचार गर्न गरिनेछ । कोरोना सक्रमणको जोखिमलाई कम गर्न इटाली, चीन, उत्तरकोरियालगायत अन्य मुलुकले बिरामीको हेरचाह गर्न, अस्पतालका फोहर संकलन तथा सरसफाइ गर्न मानव निर्मित रोबोटको प्रयोग गरेर स्वास्थ क्षेत्रमा प्रविधिसँगै द्रूत विकास पनि आगामी दिनको आवश्यकता हो भनी स्पष्ट पाारेका छन् ।

बन्दाबन्दीका कारण हामी घरमा बसेर सामाजिक दूरी कायम गरी कोरोनाको जोखिम कम गरीरहँदा प्रदूषित ठूला सहरहरुमा भने हरियाली फर्केको छ । सहरहरु स्वच्छ, सफा र शान्त भएका छन् । प्रकृतिले आफ्नो रुप फेर्दैछ ।  हामीले नजानीकनै पनि वातावरण प्रदूषण नियन्त्रणमा उल्लेख्य योगदान गरेका छाैँ यो समयमा । यो हामी घरभित्र बसिदिँदा सम्भव भएको हो । 

जलवायु परिवर्तनका मामिलामा विभिन्न संघसंस्था तथा राष्ट्रले करोडौ खर्च गरेर पनि मानिसहरुमा हालको चेतना, व्यवहार परिर्वतन र प्रकृतिमा देखिएको यो उपलब्धि हासिल गर्न सकेका थिएनन् जुन महामारीले सिकाएको छ ।  सरकार, विकास प्रेमी नागरिक, समुदायले यस सिकाइलाई महामारीपछिको सामान्य अवस्थामा कसरी अगाडि लिएर जान सकिन्छ भनेर अध्ययन, बहससँगै नीति तथा कार्यक्रम बनाउनतर्फ अग्रसर हुनुपर्छ ।

अर्को मुख्य परिवर्तनको उदाहरण तपाइँ, हामी धेरैले हाल घरमै बसेर सम्पादन गरिरहेको कार्यालयको जिम्मेवारी पनि हो । कोभिड–१९को संक्रमणको जोखिमको त्रासले सरकारले गरेको बन्दाबन्दी (लकडाउन)को घोषणासँगै घरबाट काम गर्ने व्यवस्था विभिन्न कम्पनी तथा कार्यालयले मिलाई दिएका छन् । हाल घरबाटै कार्यालयको काम गर्ने परिपाटीमा अभ्यासरत हुँदैछौ हामीजस्ता कैयाैँ कर्मचारीहरु । दिनहुँ बिहान कार्यालयमा हाजिर गरी काम सकेर बेलुकी घर फर्किन अभ्यस्त हामीहरुका लागि यो नयाँ सिकाइ हो । 

साथै, यो महामारीले केही क्षेत्रमा कार्यरत कर्मचारीले घरमै बसेर पनि सजिलै काम सम्पादन गर्न सक्छन् भन्ने पुष्टि गरेको छ । बाल अधिकार तथा महिला अधिकारकै क्षेत्रमा कार्यरत कतिपय गैरसरकारी संस्थामा पनि बालबच्चा बिरामी हुँदा, आफैँ कार्यालय उपस्थित हुन नसक्ने तर घरबाट काम गर्न सक्ने स्थितिमा समेत बिदै लिनुपर्ने बाध्यता  छ । 

कोभिड–१९ पछिको सामान्य अवस्थामा ती संस्थाले पक्कै पनि आफ्नो वार्षिक बिदाको नीतिलाई केही लचिलो बनाउन जरुरी देख्नेछन् । 

वार्षिक बिदामा केही दिन घरबाट काम गर्न सकिने व्यवस्था मिलाउन सक्नेछन् जसले मुख्य गरेर महिला कर्मचारीलाई बढी सहयोग गर्नेछ । यो व्यवस्था कर्मचारीहरुको हितसँगै, प्रशासनिक खर्चमा कटौती र वातावरण प्रदूषण नियन्त्रणका लागि पनि महत्त्वपूर्ण हुनसक्छ । 

यसै पनि विकसित मुलुकहरुमा घरबाट काम गर्ने वा कार्य सम्पादन गर्न लचिलो समयको व्यवस्था प्रयोगमा आइसकेको  छ । यो हाम्रोजस्तो मुलुकमा पनि अब प्राथमिकतामा पर्नुपर्छ ।  सूचना प्रविधिसँगै हुर्किँदै गरेका अहिलेका पुस्ताहरु (जेनेरेसन अल्फा)ले हालको काम गर्ने वातावरण र शैलीमा पक्कै पनि काम गर्नेछैनन् । 
सन् २०१६ मा विश्व आर्थिक फोरमले गरेको अनुसन्धानअनुसार अहिले प्राथमिक तहमा अध्ययनरत ६५ प्रतिशत बालबालिकाले गर्ने काम अहिलेसम्म विश्वमा विकास भएको छैन भनिएको छ । सूचना प्रविधिको अबको क्रान्तिसँगै यसको उदय हुने अनुमान गर्न सकिन्छ । 

यसका लागि पनि हाम्रा शैक्षिक संस्थाहरुले अबको सिकाइलाई कसरी समयानुकूल र परिणाममुखी बनाउनेतर्फ सोच्न आवश्यक छ भने सरकार र रोजगारदाताले  आउने वातावरणको तयारी र व्यवस्थापनमा जुट्नुपर्नेछ । यो महामारीपश्चात धेरै कामदारले गर्दै आएका रोजगारी गुमाउने छन् भन्ने प्रक्षेपण विश्व बैंक तथा अन्तर्राष्ट्रिय श्रम संगठनले गरिरहेका छन् र यसको सामना पनि हामीले सबैले गर्नुपर्नेछ । 

तर, यो महामारीसँगै विभिन्न अवसरहरु पनि आउनेछन् । तिनको उचित पहिचान, लगानी तथा व्यवस्थापन गर्न सके विकासले फेरि पनि गति लिनेछ । त्यसैले सरकार र विकासको एजेन्डालाई लिएर हिँड्ने संघसंस्था, अर्थविद्, व्यवसायीहरुले एकजुट भएर कोभिड – १९ लाई हराउनुका साथै यही समयमा भावी योजना, रणनीति तथा कार्यक्रमहरुको बारेमा पनि तयारी गर्न जरुरी छ । यसले महामारीपछि लरखराएको हाम्रो अर्थतन्त्रलाई अवश्य नै टेवा पुग्नेछ । 

हाल हामी सामान्य अवस्थाको पर्खाइमा आतुर छौ , बन्दाबन्दी सकिनासाथ के के गर्ने भन्ने योजना बनाउन तल्लिन छाैँ र कतिपयले त बनाई पनि सकेका छौँ ।  तर, कोभिड–१९ पछिको सामान्य अवस्था धेरैका लागि कष्टकर हुनेछ । त्यो समयको संवेदनशीलता पनि हामीले अनुभव गर्नु जरुरी छ । आफूसँग भएका स्रोत, सीपलाई बाँड्नु जरुरी छ । 

एकजुट भई मानवीयताको कसीमा खरो उत्रिन तयार हुनुपर्नेछ । अनिमात्र आउने सामान्य अवस्थामा हामीसँगै रमाएर एकसाथ हिँड्न सक्नेछौ ।  (सामाजिक अभियन्ता)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC