site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक अब नेपालीमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोना जोखिम नियन्त्रणका लागि मुलुक लकडाउनमा रहेको अवस्थामा कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपाली भाषामा प्रकाशित भएको छ । 

“साहस र दृढ सङ्कल्पका कथाहरू ः कोरोना भाइरसले बन्दी बनेको उहान” शीर्षकको पुस्तक मकालु प्रकाशन गृहले नेपाली भाषामा अनुवाद गरेर प्रकाशित गरेको हो । चीनको विदेशी भाषा छापाखानाले तयार पारेको उक्त पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको मकालु प्रकाशन गृहले जनाएको छ । 

Agni Group

चीनको उहानबाट उत्पन्न भाइरसको प्रकोप र यसको नियन्त्रणमा चीन सरकार र त्यहाँका जनताले गरेको निरन्तरको प्रयत्न र उनीहरूले हासिल गरेको सफलतालाई पुस्तकमा जीवन्त ढङ्गले प्रस्तुत गरिएको प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकालले बताएका छन् । कोरोनाको उपचारका लागि अग्रपङ्क्तिमा रहेर कार्य गर्ने चिकित्सक, सुरक्षाकर्मी, पत्रकार र स्वयंसेवकका साथै कोरोना प्रभावितहरूका व्यक्तिगत अनुभवसमेत समेटिएकोले नेपाली पाठकका लागि प्रस्तुत पुस्तक रुचिकर हुने विश्वास लिइएको छ । 

सन् २०१९ को डिसेम्बरमा उहानमा देखिएको कोभिड–१९ को सुरुवातीदेखि चीनले त्यसलाई नियन्त्रण गरेको अवस्थासम्मको वीरतापूर्ण अन्तरकथा प्रकाशित पुस्तकमा समेटिएको छ । विदेशी भाषा छापाखानाले चिनियाँ, अङ्ग्रेजी र जापानी गरी तीन भाषामा प्रकाशन गरेको उक्त पुस्तक नेपालीलगायत पोर्तुगिज, रुमानियन र थाई भाषामा पनि प्रकाशित भइसकेको बताइएको छ । 

Global Ime bank

पुस्तकबारे लेख्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले मानव अस्तित्व नै सङ्कटमा पु¥याउने कोरोना महामारीले सिर्जना गरेको युद्धका विरुद्ध उभिन यस पुस्तकले नेपालीहरूलाई पनि प्रेरित गर्ने विश्वास लिएको उल्लेख गरेका छन् । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान छीले अनूदित पुस्तकबाट नेपाली पाठकले महामारीको प्रतिकारमा चीनले भोगेका कथाहरूबारे अझ बढी जान्ने र बुझ्ने मौका पाउनुका साथै महामारी नियन्त्रणको सङ्घर्षमा नेपाली जनतालाई बल मिल्ने आशा लिएको उल्लेख गरेकी छन् । डा. विमलकुमार सुवेदीद्वारा अनूदित १२७ पृष्ठको उक्त पुस्तकमा रङ्गिन तस्बिरहरूसमेत समावेश रहेको वासुदेव ढकालद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC