site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आशाका किरणहरु

दिन ढल्छ, रात पर्छ र फेरि बिहान हुन्छ । पूर्वमा झुल्किने घामका सुनौला किरणले जीवन अविच्छिन्न रहने आशा जगाउँछन् । पृथ्वीको उत्पत्तिदेखि हालसम्म यस्ता कति दिन, रात र बिहान भए होलान । कति यस्तै आशा र उमङ्ग निराशा र हतासा गुज्रिए होलान् । कति मनहरु खुशीले नाचे होलान् भने कति दुःखले रुँदै बिलाए होलान् । तैपनि, मान्छे  निरन्तर अगाडि बढिरहेकै छ । हामीले पचास हजार वर्षभन्दा बढीको यात्रा तय गरिसकेका छौँँ ।

आज हाम्रो यात्रामा अर्को अवरोध मात्रै आएको हो या यात्रा नै रोकिनेतर्फ अगाडि बढिरहेका छौँ भन्ने विषयमा विश्वभर चर्चा चलिरहेका छन । धर्म सम्प्रदाय, विचार समूहहरु, चिन्तकहरु र अन्य विभिन्न समूह र वर्गले आआफ्ना धारणा प्रकट गरिरहेका छन् यसका प्रभावका बारेमा । सबैको एउटा समान तर्क छ – हामी नैतिक, सामजिक र व्यावहारिक मूल्यमा स्खलित भएकाले यस्तो भएको हो । यसमा यौटा साझा चिन्तन देखिन्छ त्यो हो हामी व्रह्माण्ड विजयको यात्रामा, भगवान हुने यात्रामा र अमर हुने यात्रामा निस्कँदा हामीले टेकेको धर्ती र धरातल बिस्र्यौँ  । पृथ्वीको दोहनमात्र गर्यौँ, चुस्यौँमात्र, लुछ्यौँमात्र । आफूबाहेक अरु कसैको सुनेनौ, बुझेनौ, मानेनौ । यसले कहाँ लान्छ त मानव जातिलाई ?

यस्ता कृत्यले लाने नै यस्तै विपदमा हो । तर, हामीभन्दा भीमकाय जनावर तथा विषम प्रकृतिसँग सिँगौरी खेल्दै, भयानक त्रासदीबाट जोगिँदै हामी यहाँ पुगेका हौँ । त्यसैले यस विपदबाट पनि पक्कै विजय पाउनेछौँ । सबाल कति क्षतिमा पार पाउने भन्नेमात्र हो । क्षति हाम्रै नियन्त्रणमा छ । यस त्रासदीले हामीलाई केही आशाका किरण पनि देखाएको छ र जीवन दर्शन स्मरण गराएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मुलुक भर्खरै संघीयतामा गएको छ । संविधानले नै तीनै तहका सरकारको भूमिका स्पष्ट पारे पनि केन्द्रीयतावादी सोच अझै पनि सबैमा दह्रोसँग जमेर बसेको छ । प्रधानमन्त्री र उनका भारदारहरु सबै कुरा आफ्नै वरिपरि घुमुन् भन्ने चाहन्छन् । कत्ति पनि अधिकार अरूलाई दिन तयार छैनन् । प्रदेश पनि आफूलाई ठालू नै ठान्छ । यद्यपि, त्यहाँ संघको भन्दा कम हैकम छ । ऊ नै संघमा धेरै कुरामा निर्भर भएकाले हो त्यसो भएको हुनुपर्छ । यस्तै पालिकाहरुसँग पनि भर पर्नुपर्ने हुन्छ । पालिकाहरुले टेरेनन् भने प्रदेश स्वतः थला पर्छ । पालिकाहरुमा केही गरौँ, गरेर देखाऊँ भन्ने प्रतिनिधि त छन् तर उनीहरु धेरै मामिलामा अस्पष्ट छन् । धेरै हदमा उनीहरु आफैँ पनि केन्द्रवादी मानसिकताबाट ग्रसित छन् । उनीहरु वडालाई अधिकार दिन तयार हुँदैनन् । आफूभन्दा ठूलाको आदेश आँखा चिम्लेर मान्ने र सानालाई हदैसम्म पेल्ने प्रवृत्ति त्यहाँ पनि देखिन्छ । प्रमुख÷अध्यक्ष र उपप्रमुख/अपाध्यक्ष बीचको अन्तरविरोध फरक राजनीतिक दल हुँदामात्र देखिने हैन लैगिंक भेदको हेपाइ पनि हुन्छ, आफू ठूलो भएको हैकम प्रदर्शन पनि हो ।  

क्षणिक काममा सबै तहका सरकार निकै रमाएका छन । कोरोनाजस्तो विपद त उनीहरूलाई काम देखाउने बलियो मेलो भएको छ । खाद्यान्न सहायता वितरणमा देखिएको सक्रियता यसैको एउटा उदाहरण हो । यस्ता कामबाट सिधै मानिसहरु कहाँ पुग्न पनि पाइने रमाइलो जो छ । 

Global Ime bank

यस्तो आपतकालीन अवस्था र सोचका कुराहरु हुँदाहुँदै सबैभन्दा मुख्य उनीहरु भएकै कारण जनताले आफ्नो दुःख गुनासो बिसाउने ठाउँ पाएका छन् र समस्याहरु समाधान उन्मुख पनि छन् । पाँच वर्षे समयावधिको महत्त्व पनि निर्वाचित प्रतिनिधिले राम्रै बुझेको देखिएको छ । दलगत सोच पनि केन्द्र र प्रदेशभन्दा कम नै देखिएको छ त्यहाँ । उनीहरु देखिने केही न केही काम गर्न तत्पर छन् तर दुर्भाग्य उनीहरुलाई सहयोग गर्ने, बाटो देखाउने कुनै व्यवस्थित संयन्त्र छैन । विज्ञ भनिएकाहरुका पनि आआफ्नै डम्फु छन् । विज्ञसहितको समन्वित संयन्त्रको खाँचो छ । 

कोरोना प्रकोपका बेलामा पनि पालिकाका जनप्रतिनिधिहरु अधिकांश ठाउँमा सक्रिय देखिएका छन् । उनीहरुले आफूले सक्ने धेरै गरेका छन् । काठमाडाैंको बूढानीलकण्ठ नगरपालिकाको यौटा वडाले वडागत लकडाउन गरेको छ र हावाखान निस्कने डुलुवालाई नियन्त्रण गरेको छ । नयाँ मान्छे अनुगमन गर्ने, शंकास्पद केसहरुलाई तुरुन्तै परीक्षणका लागि पठाउने र वडावासीलाई खान संकट परे त्यसको र अन्य मराइपराइमा सहजीकरणसम्म गर्ने त हो नि वडा तहले । यसैगरी तहगतरुपमा सबैले जिम्मा लिइदिए समस्या सुल्झिन धेरै मद्दत हुन्छ । 

आफूले गर्नेभन्दा पनि अर्ती, उपदेश र आदेश दिनेमा हामी नेपाली सधैँ अगाडि नै छौँ । केन्द्रदेखि वडासम्म खटिएर काम गर्नुपर्ने, समन्वयसहितको निर्णय र कार्यान्वयनमा तीव्रता दिनुपर्ने बेला काइते निर्णय र तिनको प्रचारमै बितिरहेको छ । यस्तो प्रवृत्ति सबैतिर छ तर जति तल गयो त्यो कम हुँदै जाने गएकाले पालिका तह कार्यन्वयनमा अपेक्षाकृत प्रभावकारी देखिएको पनि हो । पालिकाको प्रभावकारिता आशाको पहिलो किरण हो । काठमाडाैं छोडेर घर जान चाहने आआफ्ना पालिकाका बासिन्दालाई लैजान प्रधानमन्त्रीले रोके पनि पालिकाहरूले जुन आँट गरे त्यो जन प्रतिनिधिले मात्र गर्नसक्ने काम हो । कर्मचारीतन्त्र भएको भए सामान्य जनताको बिजोग कहाली लाग्दो हुन्थ्यो । 

संघीय व्यवस्था नभएको भए एकोहोरो निर्देशनबाहेक जनताले पाउने कमै हुन्थ्यो । उनले दुखेसो पोख्ने ठाउँ पनि हुँदैन थियो । कमसेकम प्रदेश र पालिकाहरुले गच्छे र बुद्धि विवेकअनुसार केही निर्णय गरेका छन् र जनताका दुःख सुनेका छन् । सायद संघीयताले कसी लाग्ने अवसर पाएको छ यो दुर्दान्त कोरोना कहरमार्फत । दुःखद कारणबाट कसी घोटिएको भए पनि संघीयता झन् प्रभावकारी र बलियो हुने देखिन्छ । आफ्नो औचित्य साबित गर्न संघीयता सफल प्रमाणित हुनसक्छ । यो आशाको अर्को किरण हो । 

आर्थिक, सामाजिक, व्यवहार र सोचका विषयमा पनि यस कहरले नेपाली समाजमा परिवर्तन ल्याउने निश्चित छ । विश्वास गरौँ, यो परिवर्तन सकारात्मक हुनेछ । यो पनि आशाको थप किरण हो । 

राष्ट्रिय/अन्तर्राष्ट्रिय यात्रा, कारोबार, राजनीतिक व्यवस्था जस्ता बिषयमा पनि यसले ठूलो प्रभाव पार्नेछ । वैश्विकता र राष्ट्रियता कसरी सँगसँगै अगाडि बढ्छन् भन्ने छिनोफानो पनि कोरोना कहरले गर्ने देखिन्छ । विश्वास गरौँ, यो मान्छेको सामूहिकता र आफूलाई जीवन्त् राख्ने क्षमता पनि प्रमाणित गर्ने अवसर पनि बन्नेछ । 

प्रविधि मूलत सञ्चार क्षेत्र (इन्टरनेट, मोबाइल फोन) लगायतले जीवन शैलीमा व्यापक परिवर्तन ल्याउने पक्का छ । यसले मान्छेलाई कति एकलकाँटे बनाउँछ वा उसको व्यक्तिगत जीवनका कति गोपनीयता र जानकारीमा हस्तक्षेप गर्छ भन्ने पनि हेर्न बाँकी नै छ । प्रविधिको विकास र व्यक्तिगत स्वतन्त्राको सवालमा पनि कोरोना कहरले नयाँ बाटो देखाउनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC