site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कोरोनाको महामारीका कारण नेपाली जनता मूलतः बन्दाबन्दीमा घरभित्रै बसेका अवस्थामा सरकार भने एउटा पार्टी फुटाएर नेपाली जनतालाई विकृत राजनीतिक संस्कारको उपहार दिन लागेको रहेछ । सम्बन्धित दलका नेताहरूको सावधानीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मञ्चन गरेको भद्दा र विकृतिपूर्ण चटक पूरा भने हुन सकेन । उल्टै प्रधानमन्त्री ओलीको अग्रसरतामा फुटाउन खोजिएको समाजवादी पार्टी त राष्ट्रिय जनता पार्टीसँग एकीकृत हुन पुग्यो । सांसद खरिद, प्रलोभन र धम्कीजस्ता अस्त्रले काम गर्न भ्याएर र तत्कालका लागि एउटा राजनीतिक अनिष्ट टर्यो । तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वले निरंकुश सत्ताका लागि अर्को पार्टी वा यही पार्टीलाई फुटाउने अर्को घीनलाग्दो प्रयास गर्दैन भन्न सकिँदैन ।

प्रधानमन्त्री ओलीले दल विभाजन गर्न सजिलो हुनेगरी अध्यादेशद्वारा ऐन संशोधन गराउँदा धेरैले उनकै दल फुटाउन खोजिएको अनुमान गरेका थिए । तर, उनको निसाना भने अर्कै दल रहेछ । उनको कदमप्रति सशंकित नेकपाका नेताहरूलाई प्रधानमन्त्री ओलीले अध्यादेश अरू दलप्रति लक्षित भनेपछि उनीहरूले यस विषयलाई थान्को लगाएका थिए । अर्थात्, आफ्नोबाहेक अरू दललाई सबै प्रकारका नैतिक अनैतिक हतकन्डा प्रयोग गरेर फुटाउनु कम्युनिस्ट नेताहरूका दृष्टिमा आपत्तिजनक हुने रहेनछ । समाजवादी दलका नेताहरूले रोक्न नसकेको भए ‘अपहरण’को शैलीमा जनकपुरबाट ल्याएर काठमाडौंको ‘होटेल’मा राखिएका सांसदहरूको नयाँ पार्टी सरकारमा समेत सामेल भइसक्ने थियो । प्रधानमन्त्री ओलीले देशवासीलाई लोकतन्त्रको जरामा बन्चरो हानेर हालोकतन्त्र दिवसको उपहार दिने थिए । धन्न, नेपाली जनता यो विकृत उपहारबाट जोगिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तत्कालको प्रयोजन पूरा नभएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने आश्वासन दिएको उनका पार्टीका शीर्ष नेताहरूले बताएका छन् । तर, नेकपाका ती नेताहरूले अध्यादेश जारी गराउनुका पछाडिको दुर्नियतको निन्दा भने गरेका छैनन् । कुबेलामा जारी गरिएको अध्यादेशमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश, २०७७ रहेका छन् । दलसम्बन्धी अध्यादेश पछाडिको कुनियत त छिटै देखियो तर संवैधानिक परिषद्मा विपक्षी दलका नेताको भूमिका गौण बनाउन अध्यादेशको प्रयोग र प्रयोजन खुल्न बाँकी छ । पछिल्ला दिन भएका भ्रष्टाचारमा कारबाही हुन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्ना ‘लठैत’ भर्नेलगायत राज्यका स्वतन्त्र निकाय कब्जा गर्ने कुनियत राखेर यो संशोधन गरिएको हुनसक्छ । त्यसो हो भने नेकपामा नेताहरू पनि यस अध्यादेशको विपक्षमा हुनेछैनन् । यद्यपि, त्यसो गर्नु संविधानको मर्म र विधिको शासनमा प्रहार हो । 

अहिले सडकबाट सरकार फाल्न आन्दोलन गर्ने अवस्था छैन । जनता कोरोनाको संक्रमण र सरकारको बलिमिचाइँको कहर काट्दैछन् ।संसद्मा सत्तारुढ दलको स्पष्ट बहुमत छ र राजनीतिक नैतिकता वा लोकतन्त्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूको प्रतिबद्धता कति कमजोर छ भन्ने पटकपटक देखिइसकेको छ । सत्तामा भागबन्डा मिल्यो भने उनीहरूलाई शासन जति नै भ्रष्ट र अनैतिक भए पनि सायद चिन्ताको विषय हुनेछैन । सात दशकसम्म देशको लोकतान्त्रिक संघर्षको मियो बनेको प्रमुख विपक्षी नेपाली कांग्रेस अक्षम नेतृत्वका कारण शिथिल बनेको छ । अरू कुनै राजनीतिक दलको देशव्यापी आधारसम्म पनि छैन । यस्तो विषम अवस्थामा लोकतन्त्र जोगाउने चुनौती सबै सचेत नागरिकहरूको काँधमा आइपरेको छ । लोकतन्त्र दिवस, २०७७ले सबै नेपालीलाई सत्ताको निरंकुशताविरुद्ध सजग र संघर्षशील रहन प्रेरणा प्रदान गरोस् !       
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC