site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना महामारीमा मानव अधिकार 

कोभिड – १९ या कोरोनाभाइरसको यस महामारीमा संसारका थुप्रै देश लकडाउनमा  छन् । यसले मानवाधिकारमा के कस्तो असर र प्रभाव पारेको छ भन्ने विषय अत्यन्तै महत्त्वपूर्ण हुन्छ । मानव अधिकारको सम्मान युद्ध होस् कि शान्ति या कुनै महामारी सबै बेलामा हुनुपर्छ । तैपनि, शान्तिपूर्ण समयभन्दा युद्ध र महामारीका समयमा मानव अधिकार हनन हुने जोखिम बढी हुन्छ । त्यसबाहेक संकटकाल लगाएको र महामारीको बखत पनि अन्य केही नागरिक अधिकारहरु निलम्वन गरिएका पनि हुन्छन् । ठूला प्राकृतिक वा मानव निर्मित प्रकोपका बेला सधैँ नै जनस्वास्थ्यमा संकटको अवस्था हुन्छ । त्यस्तै त्यति नै बेला महिला, बालबालिका, बूढापाका, अशक्त, अपांगता भएका व्यक्तिहरु थप प्रभावित हुन्छन् । कुपोषण, यौनजन्य हिंसा, बलात्कारलगायत अपराधका घटना बढ्ने गर्छन् । त्यसैले मानव अधिकारको सम्मान, रक्षा र अनुगमन यस्तो बखत बढी जरुरी हुन्छ ।

नेपालमा पनि विभिन्न संस्था मानव अधिकारको क्षेत्रमा कार्यरत छन् । मानव अधिकारको रक्षा र अनुगमन गर्न संवैधानिक आयोग, राष्ट्रिय मानव अधिकार आयोग नै स्थापना भएको छ । यसबाहेक महिला आयोग, अन्य विभिन्न आयोग पनि छन् । अन्तर्राष्ट्रिय संस्थामा एम्नेस्टी इन्टरनेसनल छ, संयुक्त राष्ट्रसंघका विभिन्न निकाय कार्यरत छन् । यति हुँदाहुँदै पनि यो बन्दाबन्दी र महामारीको बखत मानव अधिकारको अनुगमन र चर्चा भएको खासै सुन्न, देख्न, पढ्न, पाइएको छैन । के त्यसो भए यो बखत मानव अधिकारको हनन भएकै छैन वा अनुगमनको आवश्यकता छैन ? यति बेला राष्ट्रिय मानव अधिकार आयोग के गर्दै छ? मिडिया मोनिटरिङ गर्दैमा र विज्ञप्ति निकाल्दैमा मानव अधिकार आग्योगको जिम्मेवारी पूरा हुन्छ त ? मानव अधिकार आयोगले के गर्दै छ भन्ने चासो जनतामा पाइन्छ । 

नेपाली नागरिक स्वदेशमात्रै होइन विदेशमा पनि संकटमा परेका छन् । त्यसबाहेक नेपालको नाकासम्म आएर देशभित्र छिर्न नपाउँदा महाकाली पौडेर, ज्यानकै जोखिम उठाएर आएको, कैयौं उतै भारततिरको नाकामा दयनीय अवस्थामा मानवोचित व्यवस्था नभएको क्वारेन्टिनमा बसेको तस्बिर पत्रपत्रिकामा प्रकाशित भएका छन् । कतारलगायत मध्यपूर्व, मलेसिया, भारतमा कार्यरत नेपाली मजदुरमध्यै कैयौंको रोजगारी गुमेको र समस्यामा परेको भन्ने सुनिएको छ । विदेशमा अध्यनरत धेरै नेपाली पनि यस विपत्तिबाट ठूलै संकट र समस्यामा परेको सूचना आइराखेका छन् । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले हामीलाई उद्धार गरिदिए जहाज भाडा हामी आफैँ बेहोथ्यौँ भनेका समाचार प्रकाशित भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ती त भए विदेशमा भएका नेपालीका कुरा । यहीँ काठमाडौंबाट घर जान खोज्ने या बेखर्ची भएर हिँडेर, दुख पाएर कैयौं दिन लगाएर, भोक भोकै घर पुगेको समाचार र तस्बिर जताततै देखिएको छ । व्यापक जनदबाब र सर्वोच्च अदालतको आदेशपछि पनि उनीहरुलाई सहजरूपमा गन्तव्यसम्म पुर्याउन राज्यले केही गरेन । यद्यपि, स्थानीय तह र व्यक्तिहरूबाट केही प्रयास हुन थालेको जानकारी आएका छन् ।

सरकारले लागू गरेको बन्दाबन्दी जनताले घरमा बसेर मानेका छन् । यो जनताकै स्वास्थ्य रक्षाका लागि हो । त्यसैले जनताको साथ छ । यतिले मात्र राज्यको जिम्मेवारी पूरा हुँदैन । हुनत, सुस्त गतिमै भए पनि कोभिड– १९ परीक्षण सुरु भएको छ । देशभर क्वारेन्टिन र आइसोलेसन कक्ष बनेका छन् । राज्य आफैँले मापदण्ड र निर्देशिका पनि  बनाएको छ । के ती क्वारेन्टिन र आइसोलेसन कक्षहरु मापदण्डअनुसारका छन् त ? तिनको अवस्था के कस्तो छ? त्यहाँ बस्ने बिरामी र कोरोना शंकास्पद व्यक्तिहरुले पाउनुपर्ने मानवोचित सेवा, सुविधा, खाना, खाजा, स्वच्छ खाने पानी आदि पाएका छन् कि छैनन् ? उनीहरुको पर्याप्त हेरचाह भइराखेको छ कि छैन ? के पाउनुपर्ने व्यक्तिले जाँच र उपचार सहज, सरल र निःशुल्क पाएका छन् त ? 

Global Ime bank

क्वारेन्टिन र आइसोलेसनमा बसेका व्यक्तिले सुरक्षित महसुस गरेका छन् ? क्वारेन्टिनमा महिला, बालबालिका सुरक्षित छन्? यौनजन्य हिंसा, दुव्र्यवहार भैराखेका पो छन् कि ? महिलाहरुले अति आवश्यक स्वास्थ्य सामग्री र मुख्यरूपमा महिनावारी हुँदाका लागि सेनिटरी प्याडलगायतका सामग्री पाएका छन् कि छैनन् ? क्वारेन्टिन स्थलहरुको निर्माण बन्दाबन्दीको घोषणाभन्दा धेरै पहिलेबाट सुरु भएको हो । त्यसैले राष्ट्रिय मानव अधिकार आयोगले कहाँ कति पटक निरीक्षण, अनुगमन गर्यो ? त्यसको  विवरण र प्रतिवेदन पढ्न पाए हुने हो । अहिलेको अवस्थामा त झन् धेरै स्थलगत अनुगमन हुनुपर्ने हो । 

अतिआवश्यक सेवाको सूची औपचारिक रुपमा मानव अधिकार आयोगको कार्य नहोला तर यस्तो संकटको बेला राज्यले आफ्नो दायित्व र भूमिका कसरी पूरा गरेको छ ? नागरिकले अत्यावश्यक सेवा पाइरहेका छन् कि छैनन् ? भन्ने विषयको अनुगमन, निगरानी र राज्यलाई प्रतिक्रिया दिनुपर्ने होइन र ? साथै कतै राज्यले अनुचित बल प्रयोग गरेको छ छैन तेस्को पनि निगरानी हुनु पर्ने हो । सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत देशभर महिला स्वयंसेविका स्थलमा खटिँदा मानव अधिकार आयोगका पदाधिकारी र कर्मचारीहरु भने घरै बसेर मिडिया मोनिटरिङ गरेर जिम्मेवारी पूरा हुन्छ र ? बरु आवश्यक सावधानी अपनाएर भौतिक दूरी कायम गरी मास्क्सलगायतका सुरक्षा सामग्री लगाएर राष्ट्रियरुपमै स्थलगत अनुगमन गर्नुपर्ने होइन र ?

राज्यले सहायता बाँड्ने निर्देशिका जारी गरेको छ ।  देशैभर  कैयौं ठाउँमा सहायता बाँडेका समाचार पनि आएका छन् । सहायताका नाममा कुहिएको चामल बाँडिएको, राजनीतिक विभेद भएको, पाउनुपर्नेले नपाएर नपाउनुपर्नेले पाएकोलगायतका मामिला सुन्नमा आएका छन् । कैयौं मजदुर, अनौपचारिक क्षेत्रमा काम गर्ने व्यक्ति मारमा परेका छन्। राज्यले घरबेटीलाई घरभाडा मिनाहा गर्नु भनेको छ, रोजगारदातालाई तलब दिइराख्नु भनेको छ । के त्यतिमै राज्यको दायित्व पूरा हुन्छ त ? के कर्मचारीहरु निकालिएका छैनन् ? वा तलब पाइराखेका छन् ? के छ त अवस्था? मानव अधिकार आयोग र अन्य सम्बन्धित निकाय, संघसंस्थाले निगरानी र अनुगमन गर्नुपर्ने हो कि होइन ? 

कतै सहायता नपाएर गरिब, बन्दाबन्दीपीडित मान्छेहरु भोकै परेका त छैनन् ? बन्दाबन्दीका कारण तत्काल उपचार पाउनु पर्ने मान्छेले पनि नपाएका त छैनन्? राज्यले अपनाएको कोरोना रोकथाम र नियन्त्रण नीति, चालेका कदम, गरेका तयारी पर्याप्त छन् कि छैनन् ? स्वास्थ्यकर्मीलाई दुव्यवहार र अपहेलना गरेका, कोरोना संक्रमित र शंकास्पदसँग दुव्र्यवहार भएका घटना के कसो छन् ? 

कोरोनाका कारण विश्वभर लाञ्छना र जातीय तथा धार्मिक भेदभावका कारण सामाजिक सद्भाव खलबलिएका समाचार आइरहेका छन् । नेपालमा पनि मदरसा र मस्जिदहरुमा कोरोना संक्रमित ठूलो संख्यामा भेटिएको विषयमा नकारात्मक टीकाटिप्पणी भइरहेको सुनिन्छ । कतै यी र यस्तै अन्य घटनाबाट जातीय र धार्मिक सद्भाव खलल नहोस् । 

अहिलेको अवस्थामा सामाजिक संजालको निगरानी पनि आवश्यक भइसकेको छ । विशेषगरी झुटा समाचार र जातीय र धार्मिक विद्वेष फैलाउने अभिव्यक्तिहरुले पनि दंगा फैलिन, हिंसा हुन, मानवाधिकारको हनन हुनसक्ने हुँदा त्यततिर पनि सम्बन्धित सबैको ध्यान जाओस् । यी सबै मामिलाको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग र अन्य सम्बन्धित संघसंस्थाको ध्यान जाओस् र अविलम्ब गम्भीर पहल होस् । 

अहिलेको महामारी र बन्दाबन्दीको स्थलगत अनुगमन र प्रतिवेदन अहिलेमात्रै नभएर पछिसम्मका लागि महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज पनि हुनेछ । त्यसबाहेक राज्यलाई जबाफदेही बनाउने लिखत पनि हुने हुँदा अहिले मानवाधिकार रक्षामा संलग्न सम्बन्धित संघसंस्था र राष्ट्रिय मानव अधिकार आयोगले ठोस कदम चाल्न ढिलो नगरून् ! 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC