राजनीति
काठमाडौं । लकडाउनकै अवस्थामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ बिहानै सडकमा निस्किएको छ । बिहीबार बिहानै नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेको थियो ।
संसद भवन अगाडि सडकमा नेविसंघले प्रदर्शन गर्दै लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको हुँदा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिएको नेता संविधानसभा सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष रन्जित कर्णले बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७ ०९:०९
प्रतिक्रिया दिनुहोस्