site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
८ जना पुर्‍याउन ‘अपहरणको हल्ला’, मध्यरातमा पार्टी जुट–फुट
Sarbottam CementSarbottam Cement

काठमाडौं । रेणु यादवको समूह समाजवादी पार्टीबाट अलग भएर नयाँ पार्टी गठनको तयारी गरेको छ । 

अध्यादेशले पार्टी फुटाउने बाटो खोलिदिएपछि रेणु यादव, मोहम्मद ईस्तियाक राइ, विमल श्रीवास्तव, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, रेणु गुरुङ, सुरेन्द्र यादवले पार्टीले नयाँ दल गठनको तयारी गरेका थिए । बुधबारै साँझ घोषणाको तयारी रहेको स्रोत बताउँछ ।

पार्टी विभाजनको सूचना संसद् सचिवालयमा पुगिसकेको स्रोतको दाबी छ । पार्टी विभाजन हुने निश्चित भएपछि र अध्यादेशले गाँठो फुकाइदिएपछि उपेन्द्र यादवले रातारात राष्ट्रिय जनता पार्टी (राजपा) राजपाका शीर्ष नेतासँग संवाद गरेर एकता गर्ने सहमति गरेको स्रोत बताउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

समाजवादी र राजपाले पार्टी एकता गर्ने सहमति गरेपछि रेणु यादवको समूहले बिहीबार बिहान नयाँ दल गठनको घोषणा गर्ने तयारी गरेको एक नेता बताउँछन् । 

समाजवादी पार्टी र राजपा एकीकृत हुने सहमति गरे पनि निर्वाचन आयोगबाट मान्यता पाइसकेको छैन । बिहीबार कार्यलय खुल्नेबित्तिकै निवेदन दिएपछि मात्रै एकतासम्बन्धी मान्यता पाउने प्रक्रिया सुरु हुनेछ ।

Global Ime bank

“राजपा, समाजवादी एक हुने भने पनि निर्वाचन आयोगले दर्ता नहुँदासम्म अलगअलग पार्टीका रूपमा चिन्छ । बिहीबार बिहान समाजवादीबाट अलग हुने समूहले पहिला दर्ता गर्‍यो भने विभाजनको मान्यता पाउँछ,” एक नेता भन्छन् ।

रेणु यादवको समूहलाई विभाजनको मान्यता नदिन रातारात पार्टी एकता गरिए पनि फैसला भने निर्वाचन आयोगमा दर्ता गर्न को पहिले पुग्छ भन्ने ले नै तय गर्ने स्रोतको दाबी छ ।

रेणु यादव र केपी ओली नेतृत्वकै सरकारबाट बहिर्गमित भएका मोहम्मद ईस्तियाक राइन सरकारसँग निरन्तर संवादमा थिए । दुई–चार महिनाअगाडि नै पार्टी फुटाउन खोजेको भए पनि रेणुको समूहले केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत जुटाउने सम्भावना थिएन ।

प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् एकतिर मात्रै ४० प्रतिशत पुर्‍याए पुग्ने गरेर बाटो खोलिदिएका थिए । ओलीले समाजवादीका असन्तुष्टहरूसँग संवाद बढाएको कुरा पार्टीलाई जानकारी दिएका थिएनन् । सचिवालयका कुनै पनि नेतालाई यसबारे जानकारी छैन । सुइँको दिए सूचना पुग्ने भयले त्यसो गरेको हुनसक्ने नेकपाकै नेता बताउँछन् ।

स्रोतका अनुसार रेणु नेतृत्वको दलले अलग पार्टीको मान्यता पाए उपसभामुख बनाउने आश्वासन दिइएको छ । रेणुले सुरुमा ७ जनामात्रै जुटाउन सकेको र एकजना नपुग्ने भएपछि मन्त्रीको प्रलोभन देखाएर सुरेन्द्र यादवलाई काठमाडौं झिकाइएको स्रोतको भनाइ छ ।

सुरेन्द्रलाई एकाएक काठमाडौं झिकाएपछि समाजवादीमा हलचल मच्चिएको थियो । समाजवादीले सरकारले काठमाडौं ल्याएको जानकारी दिएको थियो ।

उनी प्रहरीसँग सहयोग मागेर काठमाडौं आएको स्रोतको भनाइ छ ।

प्रदीप यादव भन्छन्– पार्टी विभाजन गर्ने हल्ला मात्रै हो, एकीकृत पार्टीमै विश्वास छ 

बिहीबार मध्यराति बाह्रखरीसँग कुरा गर्दै पार्टी फुटाउने, अलग दल खोल्ने कुनै योजना नरहेको र त्यस्तो छलफल पनि नभएको बताए ।

“त्यस्तो केही छैन । अलग दल गठन गर्ने कुरै छैन । पार्टीभित्र सन्तुष्टि, असन्तुष्टि होला । त्यो स्वाभाविक कुरा होला । साथीहरू असन्तुष्ट नभएका होइनन् । तर, पार्टी नै फुटाउने, दल नै अलग गर्ने कुरा छैन,” उनले आश्वस्त पार्ने कोसिस गरे ।

उनले समाजवादी र राजपा एक भएर नयाँ पार्टी बनेको त्यसप्रति नै भरोसा रहेको प्रदीपले दाबी गरे ।

“कोरोना सन्त्राशकै बीच समाजवादी र राजपा एकता गरेर नयाँ पार्टी गठन भएको छ, जनता समाजवादी पार्टी । हामीलाई त्यही पार्टीप्रति नै विश्वास छ । भरोसा छ । आशा छ, यो पार्टी लोकतान्त्रिक पद्धतिबाट सबैलाई लिएर समावेशी हिसाबले अघि बढ्छ भन्ने विश्वास हामीले लिएका छौं । हाम्रो आस्था यही पार्टीमा छ । अलग पार्टी खोल्ने, दर्ता गर्ने हाम्रो कुनै मनशाय छैन ।

उनले समाजवादी समूहसँग असन्तुष्ट रहेकाहरूले कसैले पनि नयाँ दल खोल्ने तयारी गरेको थाहा नभएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  ०१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC