site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसद यादवको अपहरण नभएको पारिवारिक स्रोतको दाबी, पार्टी भन्छ - प्रधानमन्त्री ओलीको आदेशमा अपहरण भयो
Sarbottam CementSarbottam Cement

जनकपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरण नभएको र उनी सकुशल घरमा रहेको उनका परिवारिक स्रोतले जनाएको छ । 

साँझ ५ बजे अपहरणमा परेको भन्दै डा. यादवको बारेमा विभिन्‍न सञ्चारमाध्यममा समाचार आउन थालेपछि बाह्रखरीले घटनाको वास्तविकता खोज्दै गएपछि उनका भान्जा राजेश यादवले यस्तो जानकारी दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका डा. यादव महोत्तरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनलाई पार्टी फुटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेदेखि प्रलोभन दिँदै आएको र सोही उद्देश्यले बुधबार साँझ पाँच बजे प्रहरीमार्फत अपहरण गर्न लगाएको भन्दै पार्टी स्रोतलाई हावाला दिँदै सञ्चारमाध्यममा समाचार प्रकाशन, प्रशारण भएको छ । 

समाजवादी पार्टीका प्रदेश २ कार्यसमितिका सचिवसमेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले भने उनको अपहरणसम्बन्धी खबर सही रहेको बताएका छन् ।

Global Ime bank

उनले बाह्रखरीसँग भने, “समाचार सही हो । तर, डाक्टरसाब अपहरणमुक्त भइसकेको खबर प्राप्त भएको छ ।” यद्यपि, डा. यादवको मोबाइल स्वीच अफ रहेको भन्दै यो समाचार तयार पार्दासम्म पार्टीसँग र आफूसँग पनि डाक्टर यादवको संवाद हुन नसकेको मन्त्री यादवले बताए । 

यसअघि समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले प्रधानमन्त्री ओलीको सिधा आदेशमा काठमाडौंबाट आएको प्रहरी टोलीले डा. यादवलाई बुधबार साँझ पाँच बजे जनकपुरबाट अपहरण गरी लगेको सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC