राजनीति
बुटवल । प्रदेश ५ को प्रदेशसभाको पाँचौं अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा छ । -रासस
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७ २०:०३
प्रतिक्रिया दिनुहोस्