site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 अध्यादेश आवश्यक परेर ल्याएको हो, लकडाउन लम्बिन्छ !
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी पहिलो संशोधन अध्यादेश कसैप्रति परिलक्षित नभइ आवश्यक परेर ल्याएको बताएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै अध्यादेश जारी गरिसकेकी छन् ।

संसद अधिवेशन आरम्भ हुने बेलामा सरकारले अध्यादेश ल्याएपछि मुलुकको राजनीति तरङ्गित बन्न पुगेको छ । पार्टीभित्रै आलोचना बढेपछि प्रधानमन्त्री ओलीले प्रदेश–प्रदेशका संघीय सांसदहरूलाई बालुवाटार बोलाएर समूहगत छलफल गरिरहेका छन् । अहिले बागमती प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत उपस्थित रहेको छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेश आवश्यकता र औचित्य भएरै ल्याएको प्रष्ट पारिरहेका छन् । 

Agni Group

“अध्यादेश कसैप्रति लक्षित छैन । यो चाहिएरै ल्याएको हो । संसद् अधिवेशन स्थगित छ । तत्काल बोलाउने सम्भावना पनि छैन । कोरोनाको प्रभावका कारण बैठक कसरी राख्ने भन्ने पनि अन्योल छ । यसकारले अध्यादेश ल्याउनुपरेको हो । धेरै तरङ्गित हुनुपर्दैन,” ओलीले सांसदहरूलाई आश्वस्त बनाउन खोजेको कुरा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले उद्धृत गरे ।

संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि संशोधन गर्ने अध्यादेश पनि ल्याउनै पर्ने भएर ल्याएको प्रधानमन्त्रीले बताएका छन् । संसद् बैठक सुरु भएपछि संशोधन गर्न सकिने र यसबारे भइरहेको विरोधको सुनुवाइ हुने प्रधानमन्त्रीले बताएका छन् ।

Global Ime bank

“कानुन संशोधन नहुँदासम्म बैठक नै बस्न नसेकेर नियुक्तिहरू अड्कियो । सरकारले कामै गर्न सकेन भनेर गुनासो बढ्यो । संसद् बैठक चलिरहेको छैन । अध्यादेश ल्याउनै पर्ने भयो,” ओलीलाई उद्धृत गर्दै नेम्वाङले बताए ।

“उपसभामुखको निर्वाचन कहिले गर्ने भन्ने अन्योल छ । नियुक्ति त रोक्नु भएन । बैठक नै बस्न नसक्ने, सरकारले आफ्नो काम त गर्नुपर्‍यो नि !,” प्रधानमन्त्रीले अध्यादेशको बचाउ गरेका थिए ।

प्रधानमन्त्रीले कोरोना रोकथाम र न्यूनीकरण गर्न सरकारले गरिरहेका कामहरूको पनि ब्रिफिङ गरेका छन् ।

“कोरोना रोकथाम गर्न सरकारका अहिलेसम्मका प्रयास सही छन् भन्ने तथ्यले देखाएको छ । कोरोनामाथि सरकारले सफलता हात पारिरहेकै छ । थप सङ्क्रमण फैलन नदिन सचेत छौं । देशव्यापी परीक्षण आरम्भ भएको छ, परीक्षणलाई बढाउँदै लैजान्छौं । अस्पतालहरूलाई व्यवस्थित बनाउँछौैं । उपचारको प्रबन्ध मिलाएका छौं,” प्रधानमन्त्रीले सांसदहरूलाई जानकारी गराएका थिए ।

त्यस्तै प्रधानमन्त्रीले लकडाउन थपिन सङ्केत गरेका छन् । भारतमा कोरोना सङ्क्रमण भयावह बनिरहेको बताउँदै त्यसले पनि लकडाउनको निरन्तरताको माग गरेको प्रधानमन्त्रीको निष्कर्ष थियो । सीमा नाकामा थप कडाइ गरेर मुलुकभित्र खुकुलो गर्न सकिन्छ कि भनेर पनि सम्भावनाको खोजी गरिरहेको र छिट्टै निष्कर्षमा पुगिने प्रधानमन्त्रीले बताएका थिए ।

“लकडाउनलाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट लागौं । कोरोनाविरूद्ध विजय हासिल गरौं । धेरै सन्देह मान्नुपर्दैन । सरकार सही दिशामा छ । नागरिकको जीवन रक्षाका लागि सरकार कटिबद्ध छ,” प्रधानमन्त्रीले सांसदहरूलाई विश्वस्त तुल्याएको नेम्वाङको भनाइ छ ।
छलफलमा पार्टीका प्रमुख सचेतक देव गुरुङ पनि सहभागी छन् । अध्यक्ष प्रचण्डचाहिँ काम पर्‍यो भन्दै केही बेरअघि बालुवाटारबाट बाहिरिएको नेम्वाङले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC