site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
नोकरशाही प्रवृत्ति बढे उपलब्धि गुम्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अराजकतावादी, नोकरशाही प्रवृत्ति बढे उपलब्धि गुम्ने खतरा औंल्याएका छन् ।

सरकारले दुई अध्यादेश जारी गरेपछि पार्टीभित्र विवाद उत्पन्न भइरहेका बेला खनालले पार्टी विधि, नीति र पद्धतिसंगत ढङ्गले चलाउन माग गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा स्थापना दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै नेता खनालले भनेका छन् । “नेकपालाई वैचारिक, राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक रूपले सुदृढ र एकताबद्ध गरेर तथा पार्टीलाई नीति, विधि र पद्धतिसंगत ढङ्गले अघि बढाएर मात्र उपलब्धीहरूको रक्षा गर्न सकिन्छ । तर पार्टीमा अराजकतावादी र नोकरशाही प्रवृत्ति बढ्न थाले भने प्राप्त उपलब्धीहरू नै गुम्ने खतरा हुन्छ ।”

उनले अहिले सबैप्रकारका अस्थिरतावादी प्रवृत्तिकाविरूद्ध एकता भएर कोराना सङ्क्रमण रोकथाम गर्नुपर्ने औंल्याएका छन् ।

Global Ime bank

२००६ साल वैशाख १० गते नेकपा स्थापना भएको थियो । १० वैशाखलाई नेकपाले स्थापना दिवस मान्दै विविध कार्यक्रम गर्दै आएको छ । यसपटक लकडाउनका कारण सबै शीर्ष नेताले विज्ञप्तिमार्फत् शुभकामना सन्देश दिएका छन् । पार्टीको भावनात्मक एकताको खाँचो औंल्याएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC