site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंबाट सयौं बस रातारात छुट्दै, प्रहरी भन्छ– बल प्रयोग गर्न मन मान्दैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा उपत्यकामा अलपत्र प्रदेश ५ का १७ सय बढी मजदुर घर फर्किए । उनीहरुका लागि ४४ बढी बस बुकिङ गरिएका थिए ।

लकडाउनका कारण पैदलै हिँडेका उनीहरुलाई प्रहरीले थानकोट नाकामा रोकेको थियो । आइतबार साँझ पनि ४ सय बढी मजदुरलाई घर पठाइएको थियो ।

यस्तै शक्ति बस्नेतको पहलमा पनि काठमाडौंबाट मजदुर घर फर्किए । सरकारमा रहेका मन्त्री र नेकपाका नेताको पछिल्लो ३ दिनयता दैनिक ६० देखि १ सय बस काठमाडौंबाट मजदुर बोकेर गन्तव्यतर्फ लागेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले लकडाउन उल्ल्ङ्घन गर्नेलाई कारवाही गर्ने बताए पनि पछिल्लो समय यात्रु धमाधम बसमा घर जान थालेका हुन् ।

नेता र मन्त्रीले आ–आफ्नो क्षेत्रका मजदुर घर लैजान थालेपछि प्रहरीलाई पनि रोक्न मुस्किल परेको हो । तर स्वास्थ्य परीक्षण नै नगरी एकैचोटी बसमा लैजाँदा कोरोनाको जोखिम बढ्नसक्ने सम्भावना विज्ञहरुले औंल्याएका छन् ।

Global Ime bank

सञ्चारमाध्यममा बसको लाइन, यात्रुको भिडियो र तस्बिर आइरहदा पनि महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले एउटा बस पनि उपत्यका बाहिर नगएको दाबी गर्दै थिए ।

उनले लकडाउनको पूर्ण पालना गराइरहेको जिकिर पनि गरे । तर अन्य प्रहरी अधिकारीले नाम नबताउने सर्तमा दैनिक बसमा मजदुरलगायत अन्य व्यक्ति घर गइरहेको बताउँछन् । 

मंगलबार साँझ मात्रै जडिबुटी, कोटेश्वर क्षेत्रका पूर्वका विभिन्न जिल्लातर्फ जाने ६० बढी बस यात्रु बोकेर गएका थिए । 

एक प्रहरी अधिकारी भन्छन्,“सुरुमा मन्त्री र नेकपाकै नेताहरुले आ–आफ्ना मान्छे लैजान थाले । आफ्ना मान्छे नहुने अलपत्र पर्ने देखियो । साच्चिकै समस्या पनि छ । यस्तोमा बल प्रयोग गरेर रोक्न मनले मान्दैन । मजदुर र डेरामा बस्नेका समस्या सरकारले समाधान गरेको देखिएन ।”

पछिल्लो समय कतिपय जिल्लामा पैदलयात्रुलाई प्रहरीले खाना समेत खुवाउन थालेको छ । स्रोतका अनुसार गृहले पनि घर जाने यात्रु र सवारीलाई नरोक्न मौखिक निर्देशन दिएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC