site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लकडाउनका बेला बालबालिकालाई ‘स्क्रिन टाइम’ सीमित गर्ने कि नगर्ने ?
Ghorahi CementGhorahi Cement

एजेन्सी । कोरोनाका कारण स्कुल कलेज अनि कार्यालयहरु बन्द हुँदा बच्चाहरुलाई लागू गरिएको सीमित ‘स्क्रिन टाइम’ को नियम पनि हराइरहेको छ । 

मोबाइल फोनलगायत डिभाइसहरुमा बालबालिकाले बिताउने अत्यधिक समयलाई लिएर विज्ञहरुले यसअघि नै चेतावनी दिइसकेका छन् भने अभिभावक पनि ठूलो चिन्तामा थिए । यसपछि उनीहरुले उमेर अनुसार बच्चाहरुका लागि निश्चित केही समयको ‘स्क्रिन टाइम’ तोकिदिएका हुन् । 

तर विश्व महामारीको रुप लिएको कोरोना भाइरसका कारण अहिले परिवारका सबै सदस्य घरमा थन्किनुपपर्दा डिभाइस, सबैतिरका बालबालिकाको भुल्लिने माध्यम बनेको छ । 

Agni Group

यसले युटुब, नेट्फ्लिक्स लगायतका एपहरुको प्रयोग बढाइदिँदा कतिपयले भने चिन्ता व्यक्त गरिरहेका छन् ।

यस्तोमा बीबीसीले बाल विशेषज्ञहरुसँग यो बारे लिएको अन्तर्वार्तामा उनीहरुमध्ये कोही पनि छोराछोरीले अहिले धेरै स्क्रिन चलाइरहेकाप्रति असन्तुष्ट नभएको बताएका हुन् । 

Global Ime bank

बालबालिकाहरुको प्राविधि प्रयोग सुरक्षा सम्बन्धी वकालत गर्ने माइकल रोब भन्छन्, “हालको अवस्थामा परिवारहरुसँग चिन्ता गर्नुपर्ने अरु धेरै महत्वपूर्ण कुरा छन् । जसकारण पनि स्क्रिन टाइम धेरैको प्राथमिकतामा पर्दैन ।” 

तर पनि अहिलेको यो असामान्य परिस्थितिमा बालबालिकाहरुको शारीरिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुँदा कोरोना प्रकोप अगाडिको केही स्क्रिन टाइम नियम चाहिँ पालन गरिरहनुपर्ने उनीहरुले बताए  । 

जस्तै बच्चालाई सुत्नेबेला मोबाइदि नदिने र सुत्ने समयको ख्याल राख्ने । 

यसअघि अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले १८ महिना भन्दा कम उमेरका बच्चालाई कहिल्यै भिडियो कल नगराउन र पाँच वर्ष मुनिकालाई एक घण्टा भन्दा धेरै समय डिभाइसमा बिताउन नदिन भनेको थियो । 

गतवर्ष विश्व स्वास्थ्य संगठनले पनि त्यस्तै किसिमको दिशा निर्देशन प्रकाशित गरेको हो । त्यसैले बालबालिकामा डिभाइसको लत लाग्नुको वास्तवमै नराम्रो परिणाम हुन सक्छ । 

यसमा  सबै बालबालिकाहरुलाई दिनमा एकपटक भएपनि डिभाइस अफ गरेर परिवारसँग समय बिताउने बानी विकसित गराउनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् । र युनिभर्सिटी अफ मिचिगनको बाल अस्पतालकी असिस्टेन्ट प्रोफेसर जेनी रेडेस्कीका अनुसार पछिल्ला केही हप्तामा उनलाई सबैले एकै किसिमको प्रश्न गरिरहेका छन्, कि लकडाउनमा बच्चालाई कति समय मोबाइल हेर्न दिने । तर उनले यसको एकमात्र जवाफ दिन नसकिने बताइन् । 

परिवारको आवश्यकता, पहुँच, बच्चाको उमेर र अन्य दैनिक गतिविधिका आधारमा सबैले छुट्टाछुट्टै समय सिमा अपनाउनुपर्ने उनी बताउँछिन् ।  यो समय अभिभावकका लागि समेत चुनौतिपूर्ण भएकाले यो विषयमा उनीहरुलाई थप तनावमा पार्नु उचित नहुने उनको भनाइ छ । 

यसमा बालबालिकालाई डिभाइस बन्द गर्न भन्दा आफ्नो इच्छाले बन्द गर्न सक्ने अवस्थामा चाहिँ हुनुपर्ने उनले बताइन् । अर्थात् जतिबेला पनि डिभाइस मात्र चलाएर बसेको राम्रो होइन ।  अर्कोतर्फ अभिभावकले आफ्ना छोराछोरीलाई ‘यो अवस्था सधैँ रहँदैन’ र ‘संकटको घडी चाँडै अन्त्य भइ सबै सामान्य हुनेछ ’ भनेर पनि सम्झाइरहनुपर्ने उनी बताउँछिन् ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC