site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना ‘केन्द्र’ बन्यो भुल्के गाउँ, प्रदेश १ भरि उच्च सतर्कता
Sarbottam CementSarbottam Cement

विराटनगर । एकै दिन ११ जना कोरोना संक्रमित थपिसँगै प्रदेश १ को उदयपुर जिल्लाको भुल्के गाउँ कोरोना संक्रमणको ‘इपिसेन्टर’ बन्न पुगेको छ । यसअघि त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा अवस्थित नुरी मस्जिदसँग सम्बन्धित १३ जना व्यक्तिहरूमा मात्र देखिएको कोरोना संक्रमण समुदायस्तरसम्म फैलिएको हो । देशभर ४२ जनामा संक्रमण पुष्टि भएको अवस्थामा प्रदेश १ मा मात्र २४ जना संक्रमित फेला परेका छन् ।

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संक्रमण देखिएको स्थल भुल्के र संक्रमतिको गतिविधि भएको अरु ठाउँमा पूर्णरूपमा लकडाउन गर्ने निर्णय भइसकेको जानकारी दिएका छन् । उनले भने, ‘‘ संक्रमित क्षेत्रमा मानिसलाई भित्रबाहिर गर्न र आउजाउ गर्नै नदिने भन्ने निर्णय भएको हो । तर, जिल्लालाई सिल गर्ने भन्दा पनि थप परीक्षण नहुन्जेल पूर्ण लकडाउन अर्थात् कडा गर्ने र मानिसहरूलाई घरबाट बाहिर निस्कन नदिने भन्ने हो ।’’ जिल्ला सुरक्षा समितिले बैठक गरेर यसबारे निर्णय गरेको तर उदयपुर जिल्ला नै ‘सिल गर्ने’ भन्ने शब्द उल्लेख नभई लकडाउन कडा गर्ने भनेको मन्त्री कार्कीले प्रस्ट्याएका छन् ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँग समेत समन्वय गरी स्वाब परीक्षण नहुन्जेल आउजाउ पूर्णतः रोक्ने र उदयपुर जिल्लालाई विशेष निगरानीमा राख्ने निर्णय भएको जानकारी दिँदै मन्त्री कार्कीले भने, ‘‘सँगै सप्तरी जिल्ला पनि जोडिएकाले दुई नम्बर प्रदेश सरकारसँग समन्वग गर्ने र यसको जिम्मेवारी सामाजिक विकास मन्त्रीलाई दिएका छौं । सप्तरीमा पनि स्वाब परीक्षणका लागि  समन्वय गर्दै संघीय सरकारसँग आग्रह गरिनेछ ।’’ प्रदेश सरकारले भुल्के र चौदण्डी वडा नम्बर ५ लाई विशेष सम्बेदनशील क्षेत्रका रूपमा राखेको छ । अब प्रदेश २ सरकारसँगसमेत समन्वय गरेर स्वाब संकलन र त्यसको परीक्षणमा सरकारको ध्यान केन्द्रित भएको मन्त्री कार्कीको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भुल्के टोलमा ५२ घर छन् । ६ सय जति जनसंख्या छ । तीमध्ये नेपाली सेना र प्रदेश १ सरकारले ३ सय २० जनाको स्वाब संकलन गरिसकेको छ । ६९ जनाको विराटनगरस्थित कोशी अस्पतालमा स्वाब परीक्षण भएको छ । त्यसमा पोजेटिभ आएपछि मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पुनःपरीक्षण गर्दा ८ जना र काठमाडौंमा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले २ सय ६० जनाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा मंगलबार तीन जनामा पोजेटिभ देखिएको र थप २० जनाको नमुना परीक्षण भइरहेको जनाएका छन् । 

वैशाख ५ गते परीक्षणका क्रममा नुरी मस्जिदमा बसेका १२ जना र वैशाख ६ गते अर्का एक जना नेपालीमा कोरोना पुष्टि भएको थियो । ‘‘त्रियुगा–३ भुल्के क्षेत्रमा हामीले लकडाउनसँगै आउजाउमा पूर्णतः रोक लगाएका थियौं,’’ त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले भने, ‘‘हामीले त लकडाउन सुरु भएदेखि नै कडाई गर्दै आएका थियौं । भारतबाट आएका मानिसहरूको स्वास्थ्य परीक्षण गरिदिन तीन साताअघि नै प्रदेश सरकारको ध्यानाकर्षण पनि गरेका थियौं ।’’ चौधरीले अबको ध्यान समुदायमा थप संक्रमण फैलन नदिनेमा केन्द्रित गर्न तीनै तहका सरकार लाग्नु पर्ने आफूहरूको माग सुनाए । 

Global Ime bank

अब भुल्के र चौदण्डी नगरपालिका वडा नम्बर ५ क्षेत्रमा २४ घण्टा सुरक्षा निगरानी रहने प्रदेश १ सरकारले जनाएको छ । ती क्षेत्रमा बाहिरबाट मानिस जान र टोलबाट बाहिर निस्कन पाइने छैन । सुरक्षाकर्मीको निरन्तर निगरानी रहनेछ । सरकारले संक्रमण फैलिएको क्षेत्रमा उच्च सुरक्षा सतर्कतासमेत बढाएको जनाएको छ ।

कसरी फैलियो संक्रमण ?

उदयपुरमा भारतबाट आएका मुस्लिम मानिसबाट अथवा अन्य कोहीबाट संक्रमण फैलियो भन्ने खुल्न सकेको छैन । मंगलबारको परीक्षणले समुदायमा पनि संक्रमण देखिएपछि नुरी मस्जिदका भारतीय मुस्लिमले नै संक्रमण समुदायमा फैलाएको हो वा उनीहरू नै समुदायका कोही मासिनबाट संक्रमित भए भन्ने खुल्न सकेको छैन । कोशी अस्पतालका चिकित्सकका अनुसार ‘‘हाल कोशी अस्पतालमा उपचारमा रहेका भारतीय निक्कै पहिले नै नेपाल आएका थिए भने कतै उनीहरू नै समुदायमै भएका कोही संक्रमितबाट संक्रमणको चपेटामा परेका हुन् कि भन्ने आशंका पनि उब्जिएको छ ।’’ 

उदयपुरको संक्रमित क्षेत्रमा दुई जना विदेशबाट आएको समेत खुल्न आएको छ । एक जना दुबई र अर्का एक जना भारतको राजधानी दिल्लीबाट आएको भनिएकाले उनीहरूमा संक्रमण थियो वा थिएन भन्ने पनि खोजी गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ती दुई व्यक्ति संक्रमित थिए वा थिएनन् भन्ने खुल्न भने बाँकी रहेको छ । 

प्रदेश १ का सामाजिक विकास मन्त्री संक्रमणको कारणबारे सबै कोणबाट खोजी सुरु गरिएको छ । मन्त्री घिमिरेले भने, ‘‘संक्रमितहरू धर्मिक प्रवचन दिने क्रममा मोरङ, सुनसरी र सप्तरी हुँदै उदयपुर पुगेको तथ्य खुल्न आएकाले पनि मिहीन ढंगले खोजी बढाइएको छ ।’’ जिल्ला प्रहरी कार्यालय मोरङले पनि संक्रमितसँग सम्पर्कमा कोही आएको भए प्रहरी समक्ष आफैं खबर गर्न सूचित गरेको छ । 

उदयपुरको भुल्केबाट पहिलो पटक पुष्टि भएका १३ जना चौदण्डीगढी नगरपालिका ५ शिवाईको मस्जिदमा पुगेर शिक्षा दिँदै लकडाउनको समयमा त्रियुगा नगरपालिका ३ भुल्केको मस्जिद पुगेको खुल्न आएको बताउँदै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी भन्छन्, ‘‘ठाउँ ठाउँमा शिक्षा दिँदै हिँडेको देखिएकोले जोखिम झन् बढेको छ ।’’

केही दिनअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का पहाडी जिल्ला सुरक्षित नै रहेको तर तराईका चार जिल्ला (झापा, मोरङ, सुनसरी र उदयपुर) मा निगरानी बढाएर कोरोनाबाट प्रदेशलाई जोगाउन सकिने स्पष्ट गरेका थिए । सुरक्षा निकायको बैठकमा पनि सीमा क्षेत्रमा कडाई गर्ने र भारतबाट छिरेकाहरूको निगरानी गर्न मुख्यमन्त्रीको निर्देशन थियो । तर, एक साताभित्रै प्रदेश १ मा संक्रमित बढ्न थालेपछि प्रदेश सरकारलाई चुनौती थपिएको छ । 

मुख्यमन्त्री राईले प्रदेशवासीलाई सम्बोधन गर्दै, ‘‘लकडाउनको पालना गर्न र सम्भावित जोखिमसँग जुध्न तयारी गर्नुको समेत विकल्प नभएको’’ स्पष्ट गरेका थिए । 

संक्रमितको कोशी अस्पतामला उपचार 

प्रदेश सरकारले विराटनगरमा संचालनमा ल्याएको कोरोना विषेश अस्पतालमा उदयपुरका संक्रमित ल्याएर उपचार सुरु गरिएको छ । सरकारले ५० बेड क्षमताको अस्पताल हालै सञ्चालनमा ल्याएको हो । कोशी अस्पतालको स्वामित्वमा रहेको अस्पतालमा त्यहींका चिकित्सक खटिएका छन् ।

शुक्रबार मध्यरात राति १२ जना आइतबार थप एक जनालाई कोरोना अस्पतालमा भर्ना गरिएको छ । मंगलबार फेला परेका संक्रमितलाई पनि विराटनगर नै ल्याइएको छ । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्रका अनुसार संक्रमितको निगरानी र उपचारमा ५ जना चिकित्सक परिचालन गरिएको छ । आवश्यकताअनुसार नर्स र सहयोगी कर्मचारी पनि खटाइएको छ । भनिन्, ‘‘पाँचमध्ये ४ चिकित्सकले ६–६ घण्टा उपचारमा खटिनु पर्छ । एक जना भने २४ सैं घण्टा अस्पतालमा रहनु हुन्छ ।’’ विराटनगरमा कोरोना संक्रमितको उपचारमा खटिने ५ चिकित्सकलाई सात दिनपछि क्वारेन्टाइनमा राखिने मिश्रको भनाइ छ । यसअघि अस्पतालमा भर्ना गरिएका १३ जनाकै स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ । 

मंगलबार कोरोना पुष्टि भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२, र ५८ वर्षका पुरुष छन् भने ३६ वर्षीय एक महिला र एकजना उमेर नखुलेको महिला गरी जम्मा ११ जनामा कोरोनाको नतिजा पोजेटिभ देखिएको छ । यसरी अहिलेसम्मको विवरणअनुसार नेपालमा कोरोना पुष्टि भएकाको संख्या ४२ पुगेको छ । देशभर संक्रमित भएकामध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  २२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC