देश
काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागार अस्पतालका दुईजना नर्सलाई र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा कोरोना संक्रमण (पोजेटिभ) देखिएको छ ।
ती दुबै जनालाई हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ । सोमबार उक्त अस्पतालमा ४० जनामा आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा ती दुईजनामा कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।
स्रोतले भन्यो, “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आज बिहानै दुबैजनाको नमुना संकलन गरेर पठाइसकेको छ, हाल सो नमुना परीक्षण भइरहेको छ ।”
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७ २१:०३
प्रतिक्रिया दिनुहोस्