site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अबको प्राथमिकता रोजगार र उत्पादन : मुख्यमन्त्री पौडेल
Ghorahi CementGhorahi Cement

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्‍न स्थानीय तहका प्रमुखसँगको कुराकानीलाई आज पनि निरन्तरता दिएका छन् । उनले आज काभ्रेको धुलिखेल नगरपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, धादिङको नीलकण्ठ नगरपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, रसुवाको उत्तरगया गाउँपालिका, नौकुण्ड गाउँपालिका, आमाछोदिङबो गाउँपालिका, दोलखाको सैलुङ गाउँपालिका र जिरी नगरपालिकाका प्रमुखसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गरेका हुन् ।

भिडियो कन्फरेन्समार्फत भएको कुराकानीमा उनले अब तीनवटै तहको प्राथमिकता रोजगार र उत्पादन हुनुपर्ने बताए ।  “विकासका पूर्वाधार निर्माण नै हिजोको प्राथमिकता थियो । सडक, पुल तथा भवन हाम्रा प्रथमिकता थिए, अब रोजगार र उत्पादनको कुरा पहिलो प्राथमिकता हुन्छ,” पौडेलले भने ।

Agni Group

उनले कृषि नै उत्पादनको आधार भएकाले किसानलाई सुविधा दिइनुपर्ने धारणा राखे । वास्तविक किसानलाई अनुदानमा बीउबिजन, मलखादलगायत सामग्री उपलब्ध गराइने उनको भनाइ थियो ।  “कोरोनाका कारण हाम्रो प्रदेशमा मात्र भारत तथा अन्य देशहरुबाट रोजगार गुमाएर १५ देखि २० लाख युवा फर्कने सक्ने प्रक्षेपणहरु भइरहेको सन्दर्भमा उनीहरुलाई समेत लक्षित गरेर रोजगारी वृद्धिका काम  गरिनुपर्छ,” पौडेलले भने ।

उनले वर्तमान अवस्थामा कोरोनाविरुद्ध काम गर्न स्थानीय तहले संघीय वा प्रदेश सरकारको बजेट कुर्नु नपर्ने भन्दै स्थानीय तहसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्न सकिने बताए । जुन ठाउँको स्रोत र साधन प्रयोग गरे पनि राज्यकै हितका लागि प्रयोग हुने उनको भनाइ थियो ।  स्थानीय तहलाई बाहिरी देशबाट आउने व्यक्ति, उनीहरुसँग संसर्ग भएका व्यक्ति पत्ता लगाउने काम जारी राख्‍न आग्रह गर्दै स्वास्थ्य परीक्षणका लागि तयारी हालतमा रहनुपर्ने बताए । 

Global Ime bank

तत्कालका समयमा पैदलयात्रीलाई खानाको व्यवस्था गरी गन्तव्यतर्फ पठाउन सहजीकरण गर्नसमेत उनले आग्रह गरेका थिए । -रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC