site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब महानिरीक्षकलाई सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान अवस्थामा सीमा नाकामा थप कडाइका लागि विशेष ध्यान दिन आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले भने, “राज्यले विश्वास गरेर तपाईंहरूलाई यो जिम्मेवारी प्रदान गरेको छ, जिम्मेवारी इमानदारीपूर्वक पालन गर्दै सिर्जनात्मक ढंगले काम कारबाही अघि बढाउनुहोस् ।” मुलुक कोरोनाविरुद्धको लडाइँमा रहेको अवस्थामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गरिरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले राज्यको रणनीति सफल भए हामीले यो लडाइँ जित्ने बताए । 

उनले लकडाउनको समयमा नागरिकलाई कुनै समस्या भए तत्काल पूरा गर्नतर्फ अग्रसर हुनसमेत अनुरोध गरे । “सबै प्रदेशको आ-आफ्नै विशेषता छ, त्यसलाई मनन गर्दै काम गर्नुहोस्, प्रदेश सरकारसँग राम्रो समन्वय गर्नुहोस्,” गृहमन्त्री थापाले प्रदेश प्रमुख भएर जाने प्रहरी अधिकृतलाई निर्देशन दिँदै भने ।

Global Ime bank

गृहसचिव महेश्वर न्यौपानले बढुवा भएका डीआईजीलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिँदै सुरक्षाकर्मीको सानो गल्तीको बढाइ-चढाइ हुने गरेको उल्लेख गर्दै विशेष चनाखो रहन आग्रह गरे । नेपाल सरकार, गृहमन्त्रीस्तरको वैशाख ७ को निर्णयअनुसार एसएसपीहरु घनश्याम अर्याल, प्रकाशज‌ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसीलाई डीआईजीमा बढुवा गरिएको थियो । प्रहरी प्रधान कार्यालयले सबै डीआईजीको पदस्थापनसमेत गरिसकेको छ ।  

प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार हाल नेपाल प्रहरीको प्रदेश १ मा डीआईजी ईश्वरबाबु कार्की, प्रदेश २ मा धीरजप्रताप सिंह, वाग्मती प्रदेशमा वसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्रबहादुर धानुक, कर्णाली प्रदेशमा वसन्तकुमार पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।  -रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC