site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुदूरपश्‍चिममा पहिलो कोरोना संक्रमित पुष्टि भएका युवक डिस्चार्ज 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्‍चिममा कोरोना संक्रमित पुष्टि भएका पहिलो व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । 

चैत १२ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका र १४ गते कोरोना पुष्टि भएका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवकलाई मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनलाई लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियम डा। शेरबहादुर कमरले जानकारी दिए । 

उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो । उनी ३० दिनसम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन् ।

Global Ime bank

यसअघि कैलालीको लम्कीका २१ वर्षीय युवक पनि कोरोना उपचारपछि नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएका थिए । सुदूरपश्‍चिममा रहेका पाँच कोरोना संक्रमितमध्ये अब तीनजनाको उपचार भइरहेको छ । 

नेपालमा कोरोना पुष्टि भएका ३२ जनामध्ये पाँचजनालाई उपचारपछि डिस्चार्ज गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC