site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सर्वसाधारणसँगै जनावर पनि प्रभावित
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन लागू गरेको आज २९औं दिन । कोरोना रोकथामका लागि सरकारले गत चैत ११ गतेयता देशैभर लकडाउन गरेको छ ।

लकडाउनका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ । अत्यावश्क काम र सेवाहरूबाहेकका सबै क्रियाकलापहरू बन्द छन् । यसैबीच लकडाउनले पशु तथा जनावर पनि प्रभावित बनेका छन् ।

Agni Group

आज (मंगलबार) पनि राजधानीका सडकहरूमा अत्यावश्यक सवारीसाधनहरू भने चलेको देखिन्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकरलगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीका सवारीसाधनहरू फाट्टफुट्ट चले पनि सडक सुनसान देखिन्थे । 

यस्तै सहरका भित्री सडकहरूमा अत्यावश्यक सामग्री खरिद गर्न सर्वसाधारणहरू घरनजिकको पसलसम्म पुगेको देखिन्न सकिन्थ्यो । सुरक्षाकर्मीहरूले लकडाउन पालना गराउन सडकमा जाँचमा कडाइ गरेका छन् । चोकचोकमा बसेर प्रहरीले सवारीसाधन र पैदलयात्रीको जाँच गरिरहेका छन् ।

Global Ime bank

सरकारले वैशाख १५ गतेसम्म लकडाउनको समय तोकेको छ । यद्यपि यो समय लम्बिनसक्ने आकलन गर्न सकिन्छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरूको संख्या ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ४ संक्रमित निको भई उपचारपछि घर फर्किइसकेका छन् । 

क्याप्सन : काठमाडौंको त्रिपुरेश्वरमा खानेकुरा पाएपछि जम्मा भएका बाँदर । तस्बिर : सुनील प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC