site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
 हामी आफैं बदलिने कि नबदलिने ! 

विश्‍व अहिले कोभिड -१९ को महामारीसँग जुधिरहेको छ । यस्तो अवस्थामा नेपाल अछुतो रहन सक्ने कुरै भएन । नेपालमा कोरोना  संक्रमितहरूको  संख्या बढ्ने सँगसँगै निको भएर फर्किने क्रम पनि सुरु भइसकेको छ । धन्‍न समयमै  सरकारले गरेको  लकडाउन र जनताको अभूतपूर्व संयमता र साथले गर्दा कुनै अस्वाभाविक क्षति व्यहोर्न परेको छैन । 

सीमा नाकामा अलपत्र नेपाली, देशभित्रै मजदुरी गरेका र लकडाउनले खान-बस्‍न अभाव सँगसँगै घर फर्किन नपाएका नेपालीदेखि नेपालबाहिर रहेका पचासौं लाख नेपालीलाई कसरी सम्बोधन गर्ने साथै लकडाउन सक्किएपछिको देशको अर्थतन्त्र उकास्‍ने गुरुयोजना के ? समस्या स्पस्ट छ । महाशक्ति राष्ट्र भनिएको अमेरिका , स्पेन, इटाली , बेल्जियम, फ्रान्सलगायत सम्पन्‍न र समृद्ध मुलुकहरू पनि नराम्रोसँग थला परेका छन् । भलै त्यहाँका नेताहरू दिनरात अग्रपंत्तिमा उभिएर जनताको सेवामा लागिपरेका छन् । विडम्बना यस्तो विषम् परिस्थितिमा पनि हाम्रो मुलुकमा  स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भएको समाचारहरू बाहिरिए । स्वास्थ्यकर्मीहरू, सेनालगायतका सुरक्षा निकायहरू, साथै राष्ट्रसेवक कर्मचारीहरूले संयमताका साथ प्रसंशनीय तवरले सक्दो सेवा गरिरहेका छन् ।

Agni Group

हाम्रो देश नेपालमा पचासौं वर्ष लगाएर विभिन्‍न नाम दिइएका परिवर्तनहरू आइसक्दा पनि किन कहिल्यैस्थिर र समृद्ध बन्‍न सकिरहेको छैन त ? के राम्रा र राष्ट्रप्रेमी नेता नभएको कारणले मात्र लिनुपर्ने गति लिन नसकिरहेको हो त देशले ? हामी जनताको कत्तिको जिम्मेवार छौं त ? कतै हामी जनतानै नभई क्षणिक स्वार्थका लागि अन्धभक्त त भइरहेका छैनौं ? देशको यो गति हुनु र लिनुपर्ने गति लिन नसक्नुमा मुख्यत: तलका तीन प्रवृत्ति हावी भएको जस्तो लाग्छ । 

पहिलो- अनुमान प्रवृत्ति : राजनिति के भइरहेको छ ? के-का लागि के घटना, किन घटाइयो ?  घटना परिघटना किन घटिरहेछ ? त्यसको गहिराइ नाप्‍न सक्ने ताकत नहुने तर पूरै अनुमानमा भएन-भएको कुरा सार्वजनिक सञ्‍जालमा छरप्रस्ट पारेर दिग्भ्रमित पार्ने र आफूभन्दा जान्‍ने-शून्य कोही नदेख्‍ने । 

Global Ime bank

दोस्रो- हनुमान प्रवृत्ति : कहाँ ? के ? कता ? किन ? कसरी ? के-का लागि केही मतलब छैन । हो भने हो, होइन भने होइन भनेर अगाडि बढिहाल्ने । आज रातो भने आहा रातो पो राम्रो त अरू त बेकामका हुन् भन्‍ने । भोलि कालो राम्रो भन्यो भने रातोभन्दा त कालो पो राम्रो त भन्‍ने अर्थात् आफ्नो विश्लेषण क्षमता शून्य  भएका । 

तेस्रो- अन्धभक्त प्रवृत्ति : गुण र दोषको विश्लेषण त कहाँ हो कहाँ फ्याटिय भने पनि बोसिय भने पनि वाह-वाह दिइरहने । मने हुन्छ र हुँदैन एकैपटक हुन्छ भने पनि कसरी हुन्छ नभन्‍ने वाह-वाह दिइहाल्ने । के भन्देखुन्लाई ज्योतिषले सातपटक मलाई प्रधानमन्त्री हुन्छ भनेको छ भने पनि पत्याएर वाह-वाह दिइरहने । 

बाँकी रह्यो देशको भलो चाहने नागरिकको कुरो । जो दल र पार्टी विशेषभन्दा देशको समृद्धिको चाहना केन्द्रविन्दुमा सोच्छन् । आफ्नो नेता या पार्टीले गरे विकास र समृद्धि आउँछ अरुले गर्दा खत्तम हुन्छ भन्‍ने कुतर्क नगरी र नसोची राम्रो काम जसले गर्दा पनि हुन्छ तर राम्रो हुनुपर्‍यो भन्‍ने ठान्छन् । ती विचरा सधैं मूदर्शक हुने गर्छन् । केही मनको कुरा राख्यो कि पूरै अन्धभक्त खनिएर तथानाम गाली-गलौजमा उत्रिन्छन् । 
 
अब यसको अन्तिम र एउटै विकल्प भनेको अनुमान, हनुमान र अनावश्यक गुणगान गाउने टोलीभन्दा कर्म गरी खाने सच्चा नागरिकको संख्या बढ्नुपर्‍यो /बढाउनुपर्‍यो । आफ्नो अर्काको नभनीकन राम्रो कुराको समर्थन खुलेर गर्नुपर्‍यो नराम्राको विरोध पनि खुलेरै गर्नुपर्‍यो । होइन भने यो दलदलबाट न तपाईं हाम्रो पुस्ता तन्ग्रिन्छ न आउने पुस्ताले टेक्ने ठाउँ पाउँछ अनि फेरि कुरो उही दोहोरिन्छ- सुनजस्ता युवाहरू बेच्यो अनि रेमिट्यान्सले आइफोन र टीभी किन्यो बस्यो । 

अनि अर्को एउटा वर्ग पनि छ जसको एक किसिमको ‘पपुलारिटी’ देखिन्छ समाजमा । धेरथोर मान्छेले ‘फलो’ गरेका छन् र आशा पनि । अब तिनीहरू पनि सधैं समाजकै सानो तह तप्काको काममा रमाएर पपुलारिटी कमाउने र सरकारलाई व्यांग्य गर्ने र म नेतृत्वमा भए कायलपलट गर्दिन्थें भनेर बसिरहने तर त्यस्तै सबै युवाहरू या पपुलारिटी कमाएका व्यक्तिहरू मिल्न पनि नसक्ने र संगठित भएर सामूहिक आवाज बुलन्द गर्न पनि नसक्ने । कि सबैले आ-आफ्नै एनजीओ दर्ता गरी अगाडि बढे भो होइन परिवर्तन गर्नुपर्छ र सक्छु भन्‍ने ठम्याइ हो भने संगठित भएर अब देश समृद्ध बनाउने अठोटका साथ आँट गर्नुपर्‍यो । 
 
अब यसरी नै यो दशक बिताउने हो भने हामी सबै टिके, गुटे, हुकुमे, छापे कहीं न कहींको नेता त बनिएला र पिर्के, टेबुले, मेचे सलामी पनि खाइएला तर देश त कुनै हालतमा बदलिँदैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC