बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोना भाइरसको आशंकामा आठ हजार ७६३ जनाको नमुना संकलन र परीक्षण  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली उदयपुर र वीरगन्जमा गइसकेको छ : मन्त्रालय
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, वैशाख ९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । हालसम्म पीसीआर विधिबाट कोरोना भाइरसको आशंकामा आठ हजार ७६३ जनाको नमुना संकलन गरेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा तीन सय ३३ जनाको कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरिएको जानकारी दिए । हालसम्म आरडीटी परीक्षण २७ हजार ९५६ जनाको कोरोनाको आशंकामा नमुना परीक्षण गरिएको उनले बताए । 

Duber nepal

Agani Group

“आज देशैभरका क्वारेन्टाइनमा सात हजार ६७ जना रहेका छन्,” उनले भने, “देशैभरका अस्पतालको आइसोलेसनमा १०७ जना रहेका छन् जसमा काठमाडौं उपत्यकमा अस्पतालमा ६ जना र उपत्यका बाहिर १०१ जना उपचाररत रहेका छन् ।”

त्यसैगरी, गत चैत ३० मा वीरगन्जमा कोरोना संक्रमण देखिएको पुरुषको सम्पर्कमा रहेका २२१ जनाको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ भने आरडीटी परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली उदयपुर र वीरगन्जमा ट्रेसिङ र टेस्टिङ दुवै गर्न गइसकेको सकेको छ । 

उदपुरमा हालसम्म पीसीआर विधिका लागि ३२० जनाको नमुना संकलन गरिएको छ भने उनीहरूको धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठान, कोसी अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । घरमै आफ्नो आफ्नो आस्थाअनुसार पूजा गर्न मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयले जारी गरेको मोबाइल एप हाम्रो स्वास्थ्यमा गत २४ घण्टामा ४ जना रेडमा जोनमा परेका छन् भने हालसम्म २६७ जना रेड जोनमा परेका छन् ।
 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, वैशाख ९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्