बाह्रखरी
भर्खरै
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
देशभरका मस्जिद र मदरसामा अनुगमन
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, वैशाख ९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । उदयपुरको मस्जिदमा रहेका जमाती (तीर्थयात्री) मा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरका मस्जिद र मदरसाहरूमा अनुगमन थालिएको छ ।

मुस्लिम आयोग आफैंले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो । उपत्यकामा रहेका मस्जिदहरूमा पनि मंगलबार अनुगमन गरिएको छ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसहित मुस्लिम आयोगको टोलीले मंगलबार काठमाडौंको घण्टाघरस्थित मस्जिद र मदरसामा अनुगमन गरेको हो ।

Duber nepal

Agani Group

मस्जिदमा अनुगमनपछि काठमाडौं महानगरपालिका प्रमुख शाक्यले मस्जिदहरूमा जमातीहरू लुकेर बसेको आशंका जनमानसमा रहेकाले अनुगमन गरिएको बताए । उनले अनुगमनका क्रममा कोही पनि लुकेर बसेको नपाइएको बताए । दुवै ठाउँमा चार–चार धर्मगुरु, तीनका सहयोगी दुई–दुई र दुई–दुई कर्मचारी गरी आठ–आठ जना मात्र रहेको पाइएको मेयर शाक्यले बताए ।

कुनै पनि धार्मिक क्रियाकलापमा नियमित प्रक्रियालाई नरोक्ने तर भक्तजनलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह गरेको पनि उनले बताए । मेयर शाक्यले कोही लुकेर बसेको अवस्था भए गृह प्रशासन तथा स्थानीय सरकारलाई जानकारी गराउन आग्रहसमेत गरे । अनुगमनपछि समेत कोही आउन सक्नेमा महानगरपालिकाले निरन्तर जानकारी लिइरहने उनको भनाइ छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले उदयपुरको घटनापछि जनमानसमा पर्न गएको भ्रम चिर्न मुस्लिम आयोगले सर्वपक्षीय बैठकमार्फत समिति गठन गरी अनुगमन थालिएको बताए । हरेक मस्जिद र मदरसामा अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको उनको भनाइ छ । 

कुनै पनि मस्जिद वा मदरसामा कोही पनि लुकेर नबसेको उनले बताए । अझै पनि कोही छुटेको भए स्थानीय सरकारलाई जानकारी गराउन आयोगले पनि अपिल गरेको छ । गत शुक्रबार उदयपुरको एक मस्जिदमा बस्दै आएका १२ जमातीमा कोरोना भाइरस संक्रमण फेला परेको थियो ।

क्याप्सन : लकडाउनका क्रममा सुनसान बनेको काठमाडौंको जामेमस्जिद अगाडिको सुनसान सडक र घण्टाघर । तस्बिर : बाह्रखरी

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, वैशाख ९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्