काठमाडौं । विवेकशील नेपाली दलले संकटका बेलामा ‘कू’ राजनीतिक नगरौं भन्दै सरकार तथा नेकपाको ध्यानाकर्षण गराएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै दलले भनेको छ, ‘मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएका राजनीति दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संसोधन गर्ने अध्यादेश संविधानले परिकल्पना गरेको नियन्त्रण तथा सन्तुलनको सिद्धान्त विपरीत, राजनीतिक अस्थिरता निम्त्याउने, समाजलाई नियन्त्रणमुखी बनाउने विगतकै श्रृंखलाको निरन्तरता स्वरूप, अहिलेको प्राथमिकता विपरीत र कोभिड -१९ विरुद्धको लडाइँमा आफ्नो सरकारका असफलताबाट नागरिकहरूको ध्यान विकेन्द्रित गर्ने दूषित मनसायले ल्याइएको भन्ने हाम्रो ठहर छ ।’’
दलले उक्त अध्यादेश सरकारले तुरुन्तै फिर्ता लिएर कोभिड -१९ को विरुद्ध सरकार सम्पूर्ण रुपले लागोस् भन्ने सुझाव पनि दिएको छ ।