site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजनीतिक अस्थिरताको दलदलमा मुलुक फस्‍ने खतरा बढ्यो : राप्रपा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राप्रपाले सत्तारूढ नेकपाभित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरूप देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्‍ने खतरा देखिएको बताएको छ । 

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीद्वारा आज जारी विज्ञप्तिमा कोभिड–१९ को महामारीविरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले ल्याएको ’राजनीतिक दलसम्बन्धी’ र ’संवैधानिक परिषदसम्बन्धी’ दुई अध्यादेश अनुपयुक्त, अनावश्यक र संविधानको भावनाविपरीत रहेको उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

 “राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो सम्भावना देखिन्छ,” विज्ञप्तिमा भनिएको छ, “संवैधानिक परिषदसम्बन्धी अध्यादेशले प्रजातन्त्रको मूलभूत मान्यताका रूपमा रहेको शक्ति पृथकीकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिन्छ ।”

सम्भावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्यमाथि आइपर्न सक्ने गम्भीर संकटलाई दृष्टिगत गर्दै उक्त दुवै अध्यादेश फिर्ता लिन राप्रपाले सरकार तथा सत्तारुढ दल नेकपालाई आग्रह गरेको छ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC