site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ । सरकारको पछिल्लो कदमका बारेमा छलफल गर्न कांग्रेसले मंगलबार बिहान पदाधिकारी बैठक बोलाएको हो । 

सरकारले सोमबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश बारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले बिहान ९ बजे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्ने बताए । कांग्रेसले मंगलबार नै भ्रातृ संगठनहरुसँग सरकारको पछिल्लो कदमका विषयमा ‘भर्चुअल’ छलफलसमेत गर्ने तयारी गरेको शर्माले जानकारी दिए ।

कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश जारी हुनुलाई ‘आपत्तिजनक कदम’ र ‘गैर जिम्मेवार प्रवृत्ति’ का रुपमा टिप्पणी गरेको छ । 

Global Ime bank

सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी प्रेस विज्ञप्ति जारी गरेर कोरोना र भोकमरीबाट जनतालाई जोगाउनुपर्ने बेला सत्ताको उन्माद देखाउनु नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताएका छन् । उनले भनेका छन्, ‘यो बेमौसमी बाँसुरी हो ।”

संविधान निर्माण गर्दा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको भन्दै देउवाले संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको स्मरण गराएका छन् ।  नागरिक जीवन संकटमा रहेको समयमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले ब्यवस्थालाई हठात उलंघन गरेको कांग्रेसको ठहर छ । 

कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारसँग अपिलसमेत गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC