site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 १७ हजार लिटर अवैध मदिरा नष्ट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

महोत्तरी । कोेरोना भाइरसको सन्त्रास छल्न जारी लकडाउनकै बीच प्रहरीले महोत्तरीमा अवैध मदिरा भट्टी नष्ट अभियान चलाएको छ । लकडाउनकै बेला भट्टीमा जमघट बढ्दै जाँदा प्रहरीले सोमबार साँझ जिल्लाको भङ्गाहा–७ मेघनाथगोरहन्नामा १७  हजार लिटर  अवैध मदिरा र चारवटा भट्टी नष्ट गरेको हो ।
     
जिल्लाको सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्ती टोलीले रामएकवाल चौधरी, नवीन चौधरी, कमल चौधरी र रामपुकार चौधरीले सञ्चालन गरेका भट्टी नष्ट गरेको हो । चारवटै भट्टीबाट १४ हजार लिटर रक्सी (मदिरा) बनाइने कच्चा पदार्थ, तीन हजार लिटर तयार मदिरा र मदिरा बनाउन प्रयोग गरिने भाँडा बरामद गरी नष्ट गरिएको प्रहरी टोलीको नेतृत्व गर्ने सीतापुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक झलक घिमिरेले जानकारी दिए । 
 
भङ्गाहासँगै जोडिएको धनुषाको क्षिरेश्वर नगरपालिकाको रम्दैया बस्तीमा गत फागुनमा यस्तै मदिरा खाएर १५ जनाको मृत्यु हुँदा सो मदिरा पनि भङ्गाहा–३ सकरीको भट्टीबाट गएको खुलेको थियो । प्रहरीले तत्कालै सो भट्टी नष्ट गरी भट्टी सञ्चालक जगत मण्डललाई पक्राउ गरी अदालती कारवाही शुरु गरिसकेको छ ।

जिल्लाका भित्री ग्रामीण बस्तीमा सञ्चालित भट्टीमा अखाद्य वस्तु (युरिया रसायनिक मल, झुत्रा प्लाष्टिक, पुराना जुत्ताचप्पल) प्रयोग गरेर मदिरा बनाउने गरेका पाइएको छ । गत चैतमा जिल्लाकै औरही नगरपालिकाको जङ्घा नदी किनारको वनक्षेत्रभित्र सञ्चालित भट्टी पत्ता लगाएर प्रहरीले त्यहाँ यस्ता अखाद्य वस्तु मदिरा बनाउँदा प्रयोग गरेकै बेला बरामद गरेको थियो ।

ग्रामीण बस्तीमा बनाइने यस्तो मदिरा धेरैजसो गरिब वर्गका सर्वसाधारणले खाने गरेका छन् । यस्तो मदिराको सेवनले जनधनको क्षति र जनस्वास्थ्यमा हुने प्रतिकूल असर रोक्न भट्टी नष्ट गर्ने अभियान नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC