site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
जब २३ दिन सघन उपचारकक्षमा रहेकी नेपाली नर्सलाई सामान्य वार्डमा सारियो
Sarbottam CementSarbottam Cement

लण्डन । कोरोनाको सङ्क्रमणले विगत २३ दिनसम्म सघन उपचारकक्षमा रहेकी नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ । उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट  ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो ।

सो अस्पतालमा कार्यरत १०० भन्दा बढी सहकर्मीले उमालाई सामान्य श्ययामा सार्दा ताली ठोकेर सम्मान प्रकट गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उमा भन्छिन्, “म सघन उपचार कक्षमा हुँदा मेरो उपचारमा संलग्न सबैलाई धन्यवाद दिने शब्दसमेत छैन । उनीहरूको योगदान अकल्पनीय छ जसले मलाई बचाए । म अझै अस्पतालमा छु । विस्तारै विस्तारै ठीक हुँदैछु ।”

सघन उपचार कक्षका प्रमुख केट् मुरे भन्छन्, “सघन उपचारमा कार्यरत सबै कर्मचारी र सिङगो नर्स समूहको कडा परिश्रमले उमालाई यो कक्षबाट निकाल्न सफल भयौँ । उमालाई दुई हप्ताभन्दा बढी आइसीयूमा राख्नुपरेका कारण यो बुझ्नुस् कि उनलाई कोरोनाले कति गालेको रहेछ ।”

Global Ime bank

उनले अगाडि भने, “तर अकल्पनीय रूपमा आएको परिवर्तनले आज यहाँसम्म आइपुगिन् । हाम्रो गौरवको एउटा अंश हुन उमा पनि । यो कठिन घडीमा उनमा आएको यो परिवर्तन हामी सबैका लागि उदाहरणीय र हौसलापूर्ण कार्य भएको छ र हामी सबैको प्रर्थना छ उनलाई छिट्टै निको हुनेछ ।” 

आइतबार मात्रै एक नेपाली जोडी स्वास्थ ठीक भई घर फर्केका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC