site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पसलमा आगलागी हुँदा बालकको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

गुल्मी । चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बसपार्कको एक किराना पसलमा आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ ।  आगलागीमा परी व्यवसायी  पूर्णबहादुर खनालका १६ वर्षीय छोरा समीरको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । 

आगलागीबाट समीरको  घटनास्थलमै ज्यान गएको  तथा मृतकका बावु ४५ वर्षीय पूर्णबहादुर, आमा ४२ वर्षीया रुपा र निजका दाजु २१ वर्षीय सञ्जय घाइते भएको जनाइएको छ । घाइते तीनै जनालाई उपचारका लागि पाल्पाको मिसन अस्पताल प्रवासमा पठाइएको प्रहरीले जनाएको छ ।  

लकडाउनका समयमा सबै घरमै बसिरहेका अवस्थामा भएको आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।  शान्तिपुर बजारमा पसल सञ्चालन गर्दै आएका खनालको आगलागीबाट पसलका सबै सामग्री जलेर नष्ट भएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC