site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अध्यादेश आउनु पार्टी विभाजनको सङ्केत होइन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य मणिचन्द्र थापाले अध्यादेश जारी गर्ने समय अमिल्दो भए पनि पार्टी विभाजनको सङ्केतका रूपमा बुझनु नहुने बताएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति दलसम्बन्धी विद्यमान कानुन संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । यसअघि ऐनमा दल विभाजन गर्न केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या पुर्‍याउनुपर्ने व्यवस्था थियो । अध्यादेशमा एकातिरमात्रै ४० प्रतिशत पुर्‍याए पार्टी विभाजन गर्न सकिने प्रावधान राखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरीसँग कुरा गर्दै थापाले यसअघिको कानुन अमिल्दो भए पनि अहिले अध्यादेश ल्याउने बेला नभएको बताए ।

“कोरोनामा ध्यान केन्द्रित गर्नुपर्ने बेलामा अध्यादेश ल्याउनु सामयिक भएन कि भन्ने सबैलाई लागेकै छ । तर, अध्यादेश नै ल्याउन नहुने भन्ने होइन । यसअघिको ऐनमा भएको व्यवस्था मिल्दो, लोकतान्त्रिक थिएन । मन नमिल्दा विभाजन गर्न नपाउने भन्ने हूँदैन । त्यसलाई लोकतान्त्रिक बनाउनु जायज कुरा हो,” उनले भने ।

Global Ime bank

उनले अध्यादेश सरकारको नियमित काम भएको बताए । “कोरोना एक आयाम हो । राजनीतिका अनेक आयाम हुन्छ । यसैका आधारमा धारणा बनाइरहन आवश्यक छैन,” उनले भने । 

उनले अध्यादेश नेकपा फुटाउने प्रयोजनका लागि नआएको दाबी गरे ।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालले अध्यादेशपश्चात् स्थायी कमिटी सदस्यहरूलाई कुनै निर्देशन नदिएको पनि बताए ।

“उहाँले पार्टीले जारी गरेबाहेक आफूले छुट्टै कुनै निर्देशन दिनुभएको छैन । अहिले सचिवालयको बैठक बसिरहेको छ । त्यहाँ एकीकृत धारणा बन्छ । त्यहीअनुसार नेकपा चल्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC