site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा सचिवालय बैठक सकियो, प्रधानमन्त्री शितलनिवासमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णयका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो । बैठकमा विभिन्न कोणबाट छलफल भएको र ठूलो रुपमा नलिन प्रधानमन्त्रीले आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नका लागि शीतलनिवास पुगेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अधिकांश सचिवालय सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा सदस्यहरुले अहिलेको अवस्थामा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनु विधिसम्मत नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । 

Global Ime bank

गम्भीर विषयहरुमा सरकारले निर्णय गर्दा पार्टीभित्र व्यापक छलफल गर्नुपर्ने भएपनि त्यस्तो हुन नसकेको भन्दै सचिवालय सदस्यहरुले बैठकमा असन्तुष्टि व्यक्त गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । "यस्ता विषयहरु पार्टीमा छलफल गर्ने, सल्लाह गर्ने, राष्ट्रिय महत्वका विषयलाई महत्वका साथ गम्भिर भएर निर्णय गरौं भन्ने निष्कर्ष छ," प्रवक्ता श्रेष्ठले भने ।

मन्त्रिपरिषद्को सिफरिस अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरिसकेपछि छलफलको कुनै अर्थ नहुने भन्दै प्रवक्ता श्रेष्ठले बैठकमा कुनै निर्णय भने नभएको बताए । 

देश कोरोना संक्रमणसँग लडिरहेका बेला राष्ट्रलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको उनको भर्नाइ छ । उनले भने, "अहिले पार्टी एकतालाई मजवुद गर्ने र सरकारलाई सफल बनाउने मुख्य काम हो । तर तत्काल कोरोना भाइसर संक्रमणलाई मुख्य विषय बनाएर लैजानुपर्ने आजको आवश्यकता हो ।"

आकस्मिक रुपमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिहरु रोकिएका कारण अध्यादेश ल्याएको ब्रिफिङ गरेको प्रवकक्ता श्रेष्ठले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC