बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सकसको यात्रा ! (फोटो फिचर)
KNP nepal
KNP nepal
सुनिल प्रधान
बाह्रखरी - सुनिल प्रधान मंगलबार, वैशाख ९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कोरोना भाइरसले अहिले विश्व नै प्रभावित बनेको छ । मुलुकमा गत चैत ११ गतेदेखिको लकडाउनले सर्वसाधारण प्रभावित बनेका छन् । 

कमजोर आर्थिक स्थिति भएकाहरू, मजदुर बढी प्रभावित भएका छन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई त झन् काठमाडौं बसाइँ झन् सकसपूर्ण हुँदै गएपछि उनीहरू आफ्नो घरतर्फ जाने प्रयासमा देखिन्छन् । 

Duber nepal

Agani Group

तर, सवारीसाधन नहुँदा कतिपय पैदलै गन्तव्यतिर लम्कन बाध्य भएका छन् । केहीले भने गाह्रो–साह्रो भए पनि ट्रकको पछाडिपट्टि बसेर यात्रा गर्न बाध्य छन् । लकडाउनले विशेषगरी बालबालिका तथा महिलाहरू झनै प्रभावित बनेका छन् । 

भक्तपुरको जगातीमा हिँडेरै गन्तव्यमा जानेहरूको भिड बढेपछि त्यहाँ रहेका स्वयंसेवक र प्रहरीको सहयोगमा सर्वसाधारणलाई गाडीमै चढाएर गन्तव्यतर्फ पठाइएको छ । उसो त यसरी भिडमा यात्रा गर्नु कोरोना भाइरसको जोखिम पनि उत्तिकै छ । तर, सबैजना बाध्य छन्– कोचाकोच गरी यात्रा गर्न । 

यहाँका स्वयंसेवक र प्रहरीका अनुसार आज (सोमबार) मात्र ४०० भन्दा बढी सर्वसाधारणलाई गाडी चढाएर गन्तव्यतर्फ पठाइएको छ । 
हेरौं थप तस्बिरहरू :

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, वैशाख ९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्