site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रेस युनियन चितवनद्वारा ३ लाख रुपैयांँको पत्रकार राहत कोष 
Ghorahi CementGhorahi Cement

चितवन । नेपाल प्रेस युनियन चितवनले ३ लाख रुपैयांँकोे पत्रकार राहत कोष स्थापना गरेको छ ।

कोरोना महामारीलाई लक्षित गरी युनियनले आन्तरिक स्रोतबाट रकम व्यवस्थापन गरी राहत कोष स्थापना गरेको हो । आज दिउँसो बसेको ‘अनलाइन बैठक’ ले यस्तो निर्णय गरेको युनियनले जनाएको छ ।

Agni Group

युनियन चितवनका अध्यक्ष अनिल ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा निवर्तमान अध्यक्ष नारायण अधिकारी, केन्द्रीय सदस्य तथा पूर्वअध्यक्ष वसन्त पराजुली छन् । 

यस्तै बैठकले पत्रकार सहयोग समिति पनि गठन गरेको छ । कार्यसमिति सदस्य राजु चौधरीको संयोजकत्वमा तीन सदस्यिय समिति गठन गरेको हो । समितिको सदस्यहरूमा सुशील पन्त, हरि पौडेल छन् । कोषाध्यक्ष विप्लव काफ्लेको संयोजकत्वमा तीन सदस्यीय राहत कोष अभिवृद्धि गठन गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

Global Ime bank

“पत्रकारलाई खान, बस्न केही समस्या भए तत्कालै राहत दिने गरी तयारी गरेका छौं,” उनले भने, “समस्या छन् भने खबर गर्नु, आवश्यक पहल गरिनेछ ।” बैठकले समाचार संकलन गर्न जाँदा सुरक्षित भएर मात्र जानका लागि आग्रह पनि गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC