site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सोमबारको बैठकले सिफारिस गरेको संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश जारी गरेकी हुन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा गणपूरक सङ्ख्या घटाउने प्रावधान राखिएको छ । विपक्षी दलको नेताबिना नै बहुमतले निर्णय गर्न सक्ने प्रावधान राखिएको स्रोतले जानकारी दियो ।

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी विभाजन गर्न केही खुकुलो बनाइएको छ । यसअघिको ऐनमा राजनीतिक दल विभाजनको मान्यता पाउन केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य पुर्‍याउनुपर्ने प्रावधान थियो । अहिले केन्द्रीय कमिटी र संसदीय दलमध्ये एकठाउँमा ४० प्रतिशत पुर्‍याए पुग्ने प्रावधान छ ।

संसद नबसेका बेला मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछिन् । संसद् अधिवेशन सुरुभएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनुपर्ने छ । अन्यथा, अध्यादेश निश्क्रिय हुनेछ ।

Global Ime bank

Image

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC