site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
१० डीआईजीको पदस्थापन, को कहाँ ? (सूचीसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एसएसपीबाट डीआईजीमा बढुवा भएका १० डीआईजीको पदस्थापन भएको छ । मन्त्रीस्तरको वैशाख ७ गतेको निर्णयले १० जना एसएसपीलाई डीआईजीमा बढुवा गरेको थियो ।

आईजीपी ठाकुरप्रसाद ज्ञवालीले उनीहरूलाई आजै दर्ज्र्यनी चिह्न प्रदान गरे । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की, प्रदेश २ धीरजप्रताप सिंह, वागमती प्रदेश वसन्त लामा, गण्डकी प्रदेश धनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीको पदस्थापन गरेको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए ।

यस्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापा, प्रकाशजंग कार्की प्रहरी एकेडेमी र अरुण बीसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ । यसअघि सीआईबीमा रहेका डीआईजी नीरज शाहीलाई प्रहरी प्रधान कार्यालय र प्रदेश दुईमा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोमा लगिएको छ । प्रहरीमा जनपदतर्फ १४ डीआईजी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC