राजनीति
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले ऐनले पार्टी फुट्ने र जुट्ने नभएको बताएका छन् ।
उनले ४० प्रतिशतको प्रावधान लोकतान्त्रिक विशेषता नै भएको बताउँदै जिम्मेवार बन्न आग्रह गरेका छन् ।
“ऐनले पार्टी फुट्ने पनि होइन, ऐनले पार्टी जुट्ने पनि होइन ।४० प्रतिशतको प्रावधान लोकतान्त्रिक विशेषता नै हो । अनुशासित बनौं, जिम्मेवार बनौं,” पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आग्रह गरेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७ १७:४१
प्रतिक्रिया दिनुहोस्