site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारत तथा तेस्रो मुलुकबाट आएर महानगरमा बसिरहेकाको कोरोना परीक्षण जारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरूको कोरोना परीक्षणलाई तीव्र बनाएको छ ।

महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकको ¥यापिड डाइग्नोस्टिक (आरडीटी) विधिबाट परीक्षण थालिएको हो । सोमबार महानगरले वडा ६, ७, ८ र ९ मा परीक्षण गरेको छ । २ सय जनाको परीक्षण गर्ने लक्ष्यसहित सो वडाहरूमा परीक्षण थालिएको महानगरले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आइतबारसम्म महानगरभित्र साढे ६ सय जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको मेयर विद्यासुन्दर शाक्यले बताए । विदेशबाट आएका नागरिकहरू सरकारको आग्रहअनुसार होम क्वारेन्टाइनमा बसिरहेकाले शंका गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । कुनै व्यक्तिमा पोजेटिभ देखिए थप परीक्षणका लागि टेकु अस्पताल पठाइने र सम्बन्धित वडामा छुटेकाहरूले अर्को वडामा गएर परीक्षण गर्न सक्ने उनले बताए ।

महानगरले प्रत्येक वडाहरूमा परीक्षण थाले पनि किटको व्यवस्थापन सहज नभएको गुनासो काठमाडौं ४ बाट निर्वाचित सांसद गगन थापाले गरेका छन् ।सोमबार परीक्षण गरिएका वडाहरूका लागि किट माग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हारगुहारै गर्नुपरेको उनको भनाइ छ । आरडीटी परीक्षणमा पोजेटिभ आएको तर पीसीआरमा नेगेटिभ आएका व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिहरूको पनि परीक्षण हुनुपर्नेमा त्यस्तो नभएको उनले बताए । महानगरले माइकिङ र स्वयंसेविकाहरूलाई घरघरमा पठाउँदा पनि धेरैले परीक्षणका लागि अटेरी गरेको थापाले बताए ।

Global Ime bank

चैतभित्र विदेशबाट आएका नागरिकको परीक्षण गरिएको हो । विदेशबाट आएका नागरिकहरूले परीक्षणको काम सरकारले ढिला गरी सुरु गरेको बताएका छन् । अहिले नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा चारजना उपचारपछि निको भएर घर फर्किएका छन्, भने २७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । 
तस्बिर : सुनील प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC