साहित्य
काठमाडौं । नव गायिका रितु कंडेलले ‘तिजैमा’ बोलको गीत बजारमा ल्याएकी छन् । सांगीतीक यात्रामा भर्खरै प्रवेश गरेकी उनले बजारमा तिजको अवसर पारेर तिज गीत बजारमा ल्याएकी हुन् ।
‘तीजैमा हो तीजैमा रातो सारी सरक सरक सर्काउँदै, सिलिम ज्यू लरक लरक लर्काउँदै चुरा छन्छन् छन्काउँदै मादल घन्काउँदै नाचौंन संगी हो तीजमैमा कम्मर मर्काउँदै’ गीत बजारमा ल्याएकी हुन् ।
चेलीको पर्व तिज हो भन्दै उनले गीतबाट दिदी बहिनीलाई नाच्न आग्रह गरेकी छन् । उनले गाउँ घरमा गाइने टुक्कालाई गीतमा समावेश गरेक छन् । ‘हेरन टेवुलमा एैना छ, नाच्ने गाउने रहर बढ्यो । हेरन तीजको महिना छ ।’
डिबी खनाल र उनकै शब्द संकलन तथा दिपक रमनको संगीत रहेको गीत युट्युवमा तीन दिनमा करिब ५ हजारले हेरिसेका छन् । गीतमा चर्चित लोक गायिका कोमल वली र कंडेलले आफै नृत्य गरेकी छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३ १७:०४
प्रतिक्रिया दिनुहोस्