site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपत्यकाका दुई लाख बढी परिवारलाई राहत
Sarbottam CementSarbottam Cement

काठमाडौं। उपत्यकाका दुई महानगर र १६ नगरपालिकाले लकडाउन अवधिभर २ लाख ११ हजार पाँच सय २३ परिवारलाई राहत वितरण गरेका छन् ।  

राहत अभावमा दैनिक सयौं नागरिक हिँडेरै गाउँ फर्किन थालेका  समाचार विभिन्‍न सञ्चारमाध्ययममा आइरहेका बेला उपत्यका नगरपालिका फोरम, काठमाडौंले दुई लाख ११ हजार बढी परिवारलाई राहत उपलब्ध गराएको जानकारी दिएको हो । उपत्यकाका १८ नगरपालिकाका प्रमुख, उप–प्रमुखहरु संलग्‍न नगरपालिका फोरमले केही दिनअघि मात्रै राहत अभावमा उपत्यका नछाड्न सर्वसाधारणलाई आग्रह गर्दै संयुक्त अपिल गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उपत्यकाका १८ मध्ये १४ नगरपालिकाका प्रमुखसहित काठमाडौंको राष्ट्रिय सभागृहमा बसेको उपत्यका नगरपालिका फोरमको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा संयुक्त भूमिका खेल्ने पनि निर्णय गरेको छ ।  ‘‘लकडाउन अहिले पनि जारी छ । यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निर्वाध रुपमा आवत-जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ,’’ नगरपालिका फोरमका अध्यक्षसमेत रहेका काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘‘हामीले उपत्यकामा रहेका अति विपन्‍न, असाहय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर लकडाउन अवधिभर भोकै पर्नु नपरोस भनेर संयुक्त पहल गरिरहेका छौं ।’’

मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले उपत्यकाका १८ मध्ये १४ पालिकाका प्रमुख उपस्थिति रहेको बैठकमा अहिले उपत्यकाकै भन्दा पनि विभिन्न जिल्लाबाट उपत्यकालाई ट्रान्जिट बनाएका कारण अलिक बढी समस्या देखिएको हुनसक्ने विषयमा पनि छलफल भएको जानकारी दिए । बैठकमा उनले यस्तो प्रतिकूल अवस्थामा पनि काठमाडौं उपत्यका छाडी सयौं किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःखकष्ट भोगिरहेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC